Friday, July 3, 2026
spot_img

इटालियन मोटरसाइकलको ब्रान्ड ‘मोर्बिडेली’को आधिकारिक बिक्रेता बन्यो वैद्य अर्गनाइजेशन

spot_img
spot_img

नेपालका लागि Toyota गाडीको आधिकारिक वितरक Vaidya Organization of Industries & Trading Houses (VOITH) ले इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड Morbidelli सँग आधिकारिक साझेदारी गरेको घोषणा गरेको छ ।

चारपांग्रे सवारीतर्फ Toyota को सफल बिक्री वितरण गर्दै आएको यस समूहले पछिल्लो समय दुईपांग्रे क्षेत्रमा पनि आक्रामक विस्तार गरिरहेको छ । यसैक्रममा इटालीको प्रतिष्ठित मोटरसाइकल ब्रान्ड मोर्बिडेलीलाई नेपालमा भित्र्याएको हो ।

मोर्बिडेली आफ्नो प्रिमियम डिजाइन, शक्तिशाली इन्जिन र रेसिङ हेरिटेजका लागि विश्वभर परिचित ब्रान्ड हो, जसले नेपाली युवा तथा बाइक उत्साहीहरूलाई लक्षित गर्दै उच्चस्तरीय राइडिङ अनुभव प्रदान गर्ने विश्वास गरिएको छ ।

मोर्बिडेली ब्रान्डमार्फत वैद्य अर्गनाइजेशनले प्रिमियम मोटरसाइकल सेग्मेन्टमा नयाँ मापदण्ड स्थापना गर्ने लक्ष्य लिएको छ । निकट भविष्यमा विभिन्न मोडेल सार्वजनिक गर्दै देशव्यापी सञ्जाल विस्तार गर्ने योजना समेत समूहले अघि सारेको छ ।

मोर्बिडेली विश्वव्यापी रूपमा Keeway Group अन्तर्गत सञ्चालन हुने ब्रान्ड हो, जसले Benelli, Morbidelli र Benda जस्ता अन्तर्राष्ट्रिय मोटरसाइकल ब्रान्डहरूलाई होल्ड गर्दै आएको छ ।

यसअघि Vaidya Organization ले प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather लाई नेपाली बजारमा भित्र्याएर उल्लेखनीय सफलता हासिल गरिसकेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

माउण्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँड, १४२७६० जनाले पाए शेयर

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको...

माउण्ट एभरेष्ट पावरको आईपीओ आज बाँडफाँड हुँदै

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको...

स्थानीय तहको संख्या ब्यापक घटाउने सरकारको तयारी, यस्तो बन्यो मापदण्ड

२०७२ सालमा जारी भएको संविधान र त्यस यता कार्यान्वयनमा...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै

आयल निगममा वार्षिक वितरण हुँदै आएको करोडौको ओभरटाइम भत्ता...

नेपाल मर्चेन्ट बैंकर्स संघ र सेबोन अध्यक्षबीच पुँजी बजारका प्राथमिकताबारे छलफल

नेपाल मर्चेन्ट बैंकर्स संघका कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र...

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु

मन्त्रिपरिषद बैठकले विभिन्न निर्णयहरू गरेको छ । सरकारका प्रवक्ता तथा...
spot_img