Tuesday, April 21, 2026
spot_img
spot_img

NAIMA Expo मा सार्वजनिक हुँदै Forthing EV, यस्ता छन् ४०० KM भन्दा बढी रेन्ज दिने SUV का विशेषता

spot_img
spot_img

नेपालको बढ्दो इलेक्ट्रिक सवारी साधन बजारमा सशक्त पहिचान बनाइसकेको लक्ष्मी ई-मोबिलिटीले चीनको इलेक्ट्रिक गाडी ब्रान्ड ‘Forthing’ लाई नेपाली बजारमा ल्याउने भएको छ । Forthing को पहिलो मोडल नेपाली बजारमा साउन २१ गतेदेखि सुरु हुने नाइमा नेपाल मोबिलिटी एक्स्पोमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

विश्वव्यापी रूपमा स्मार्ट डिजाइन र अत्याधुनिक इलेक्ट्रिक मोबिलिटी प्रविधिका लागि चिनिएको Forthing ब्रान्डले नेपालमा प्रिमियम इलेक्ट्रिक SUV सँग आफ्नो सुरुवात गर्दैछ । यो गाडीले प्रदर्शन, प्रविधि र आधुनिक डिजाइनलाई समेट्दै नेपाली ग्राहकको बदलिंदो आवश्यकता पूरा गर्ने विश्वास लिइएको छ ।

गाडीको औपचारिक उद्घाटन नाइमा एक्स्पोमा गर्ने र यसका लागि स्टल नम्बर A4 मा उपस्थित हुन पनि लक्ष्मी इमोबिलिटीले आग्रह पनि गरेको छ ।

६४.४ kWh ब्याट्री, ९९ kW मोटर पावरसहितको यो SUV ले ४०० किलोमिटर भन्दा बढीको दूरी तय गर्नसक्ने अनुमान गरिएको छ । जसले गर्दा यो सहर भित्रको यात्रादेखि लामो दूरीका लागिसमेत उपयुक्त विकल्प बन्ने देखिन्छ । पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटरले सहज र छरितो ड्राइभिङ अनुभव दिनेछ भने भित्री डिजाइनमा आराम, प्रयोग सहजता र स्मार्ट प्रविधिलाई विशेष ध्यान दिइएको छ ।

“Forthing केवल गाडी होइन, यो भविष्यको मोबिलिटीप्रतिको हाम्रो दृष्टिकोण हो’ लक्ष्मी ई–मोबिलिटीका प्रवक्ताले भने, “हामी नेपाली उपभोक्तालाई विश्वस्तरीय इलेक्ट्रिक प्रविधिमा पहुँच दिने लक्ष्यसहित Forthing को ब्रान्ड ल्याउँदैछौं, त्यो पनि लक्ष्मीको विश्वासिलो इतिहासको साथ ।”

NAIMA २०२५ नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी बन्ने लक्ष्यका साथ आयोजना हुँदैछ । यस वर्षको मुख्य आकर्षण भनेको इलेक्ट्रिक मोबिलिटी, स्मार्ट ट्रान्सपोर्ट प्रणालीहरू र दिगो सवारी भविष्य तर्फको नेपालकै यात्रा हुनेछ विश्वस्तरीय गाडी निर्माता कम्पनीहरूदेखिसफा ऊर्जाप्रविधिमा काम गर्नेकम्पनीहरूसम्मको सहभागिता रहने यस पाँच दिने expo ले अटो क्षेत्रका लागिसहकार्यर नवप्रवर्तनको महत्त्वपूर्णमञ्चको रूपमा काम गर्नेअपेक्षा गरिएको छ ।

Forthing सँग सहकार्य गर्दै लक्ष्मी ई-मोबिलिटीले नेपाली बजारमा अत्याधुनिक र वातावरणमैत्री सवारी समाधानहरू पुर्याउने आफ्नो प्रतिबद्धता थप प्रगाढ बनाएको छ । कम्पनीले नेपालमा इलेक्ट्रिक सवारी साधनको भविष्य निर्माणमा अग्रणी भूमिका खेल्न निरन्तर काम गरिरहेको छ ।

लक्ष्मी ग्रुप सन् १९७३ देखि नेपालमा व्यापारिक गतिविधि गर्दै आएको बहुआयामी र पुरानो व्यापारिक घराना हो । लक्ष्मी ग्रुपले देशको अटोमोबाइल क्षेत्रको विकासमा अग्रणी भूमिका खेलेको छ । लक्ष्मी ग्रुपले विगतका दशकहरूमा अटोमोबाइल व्यापारमा आफ्नो उपस्थितिविस्तार गर्दै Hyundai, BMW, Kaiyi, SML ISUZU जस्ता विश्वविख्यात ब्रान्डहरू मार्फत यात्रुवाहक र मालवाहक गाडी तथा अटो पार्ट्स वितरण गर्दै आएको छ । अब यसै यात्रामा Forthing पनि थपिन लागेको छ ।

सन् २०२४ को मे महिनामा, लक्ष्मी ग्रुपले नेपालकै पहिलो फोर-ह्वीलर गाडी एसेंब्ली प्लान्ट—Laxmi Motor Corporation (LMC)—रामग्राम, परासी (नवलपरासी) मा सञ्चालनमा ल्याएको छ । Hyundai गाडीहरूका लागि बनाइएको यो अत्याधुनिक एसेंब्ली प्लान्टले नेपालको अटोमोबाइल औद्योगिकीकरणमा ऐतिहासिक फड्को मारेको छ । लक्ष्मी समूह यस्तो सुविधा सञ्चालन गर्ने पहिलो नेपाली समूह बनेको छ ।

त्यसैगरी, ग्राहकको सहजता र EV पूर्वाधार सुदृढ पार्न लक्ष्मी समूहले RE-Lax नामक ६३ भन्दा बढी रिचार्ज नेटवर्क र रिपेयर स्टेसनहरूको सञ्जाल देशभर फैलाएको छ, जसले नेपालमा इलेक्ट्रिक गाडी प्रयोगलाई थप सरल र भरपर्दो बनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

TMS को ‘कमजोरी लुकाउन’ थालिएको चलखेल असफल, नेप्सेको चासोपछि दुवै पक्ष ब्याक

नेपाल स्टक एक्सचेन्ज नेप्सेले सम्पूर्ण ब्रोकर कम्पनीहरुलाई आइटी अडिट...

सदस्यता समितिले १८ वटा संघलाई किन गरेको थिएन सदस्यता सिफारिस ? यस्तो छ हरेकको कारण

नेपाल उद्योग वाणिज्य महासंघभित्र ‘१८ वस्तुगत सदस्य’को किचलोले गर्दा...

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला...

माउण्ट एभरेष्ट पावरले वैशाख १७ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले वैशाख १७ गतेदेखि पहिलो...

सोपान फर्मास्युटिकल्सको आईपीओ भर्ने आज अन्तिम दिन

सोपान फर्मास्युटिकल्स लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा आवेदन...
spot_img