Tuesday, April 21, 2026
spot_img
spot_img

नेपालमा ‘यूरो ६’ मापदण्ड लागु भएसँगै कति बढ्ला गाडीको मूल्य ?

spot_img
spot_img

सवारी साधनमा ‘यूरो ३’ मापदण्ड लागू भएको १३ वर्षपछि सरकारले ‘यूरो ६’मा ‘जम्प’ गरेको छ । वन तथा वातावरण मन्त्रालयले असार ९ गते ‘नेपाल सवारी साधन प्रदूषण मापदण्ड २०८२’ राजपत्रमा प्रकाशित गरेसँगै सवारी साधनमा ‘यूरो ६’ मापदण्ड लागू भएको हो ।

राजपत्रमा प्रकाशित नयाँ सवारी मापदण्डअनुसार अब दुई पाङ्ग्रे, तीन पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनमा यूरो–५ मापदण्ड लागू भएको छ । चार पाङ्ग्रेको हकमा भने यूरो–६ मापदण्ड लागू भएको छ । त्यसो त, आर्थिक वर्ष २०८२/०८३ को सरकारको नीति तथा कार्यक्रममा सवारी साधनमा यूरो ६ मापदण्ड कार्यान्वयन गरिने भनिएको थियो । सोही अनुसार वन मन्त्रालयले हालै नयाँ मापदण्ड जारी गरेको हो ।

नेपालमा २०६९ सालयता यूरो–३ मापदण्ड लागू छ । त्यतिबेला यूरो ३ मापदण्ड कार्यान्वयनमा ल्याउँदा नै २ वर्षपछि अर्थात् २०७१ सालबाट यूरो–४ मा जाने भनिएको थियो । तर, यूरो ४ मापदण्ड लागू हुन सकेको थिएन । अहिले एकैपटक यूरो ६ लाई कार्यान्वयनमा ल्याइएको हो ।

राजपत्रमा प्रकाशित भएको मापदण्ड अनुसार सवारी प्रदूषण परीक्षण विधि

यसअनुसार, अब न्यूनतम ३.५ टनसम्म तौल भएकादेखि सबै मालबाहक साना, मझौला र ठूला सवारीमा समेत यूरो–६ मापदण्ड लागु भएको छ । साना चार पाङ्ग्रेमा भने चालक बाहेक ८ यात्रु सिट क्षमता भएका र ८ सिटभन्दा बढी क्षमताका मझौला यात्रुबाहक सवारी र ठूला यात्रुबाहक सबैखाले सवारी साधनमा यूरो ६ मापदण्ड अनुरुप प्रदूषण जाँच हुनेछ ।

इन्धन आयातमा पनि ध्यान दिइनुपर्ने

युरोपेली युनियनले सन् २०१४ देखि यूरो ६ मापदण्ड लागू गरेको थियो । छिमेकी देश भारतमा सन् २०२० को अप्रिलदेखि यूरो ६ मापदण्ड सरहको बिएस ६ मापदण्ड लागू छ ।

नेपाल पेट्रोलियम पदार्थमा भारतसँग पूर्णतया निर्भर छ । यस्तो अवस्थामा इन्धनको आपूर्ति पनि यूरो ६ मापदण्ड अनुसारको हुनुपर्नेछ । यूरो ६ मापदण्ड आधुनिक र प्रदुषण कम गर्ने इन्धन मापदण्ड हो । यूरो ४ मादण्ड अनुसार इन्धनमा सल्फरको मात्र ५० पिपीएम हुने गरेको छ । तर, यूरो ६ मापदण्डअनुसार इन्धनमा सल्फलको मात्रा केवल १० पिपीएम मात्र हुनुपर्ने प्रावधान छ । यसकारण यूरो ६ अनुसारको इन्धनबाट प्रदूषण कम गर्ने र विषाक्त धुँवा पनि निकै न्यून मात्रामा निस्कने भएकाले विश्वका अधिकांश देशले यूरो ६ मापदण्ड कार्यान्वयनमा ल्याइसकेका छन् ।

नेपालमा इन्धन भारतबाटै आयात हुने भएकाले नेपालमा इन्धनको आपूर्ति गर्दै आएको नेपाल आयल निगमले आफूलाई त्यस अनुसार तयार गर्नुपर्ने आवश्यकता रहेको जानकारहरु बताउँछन् । नेपाल आयल निगमका अधिकारीहरु भने अहिले पनि यूरो ६ मापदण्ड अनुरुपकै इन्धन आयात भइरहेको दाबी गर्छन् ।

‘यूरो ४ र यूरो ६ मा सल्फरको मात्रा मात्रै फरक छ, अरु सबै चिज एउटै छ’ निगमका एक अधिकारीले भने, ‘यूरो ४ मा सल्फरको मात्रा ५० पीपीएमसम्म हुन्थ्यो, अहिले यूरो ६ मा सल्फरको मात्रा १० पीपीएम भन्दा बढी हुनु हुँदैन । इन्डियामा भएका सबै रिफाइनरीहरुले अहिले यूरो ६ कै मापदण्ड अनुसार तेल उत्पादन गर्ने भएकाले हामीकहाँ आउने तेल पनि सबै यूरो ६ मापदण्ड अनुसारकै आइरहेको छ ।’

गाडीको मूल्यमा फरक पर्छ ?

पेट्रोल गाडीमा यूरो ६ मापदण्ड लागू भएपछि गाडीको मूल्यसमेत बढ्ने व्यवसायीहरुको भनाइ छ । नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठले केही हदसम्म मूल्य बढ्ने भएपनि अहिले नेपालका आयातकर्ता कम्पनीहरु उत्पादकसँग छलफलमा रहेको संकेत गरेका छन् ।

यता, नाडाका निवर्तमान अध्यक्ष ध्रुब थापाका अनुसार भने यूरो ६ मापदण्डले व्यवसायिक सवारी साधनको मूल्य २० प्रतिशतसम्म बढ्न सक्छ । उनका अनुसार जीप र कार सेग्मेन्टमा आयात हुने गाडीको मूल्य तत्कालै १५ देखि २० प्रतिशतसम्म बढ्न सक्नेछ ।

तर, यात्रुबाहक बस र ढुवानीका साधनमा भने ३० प्रतिशतभन्दा बढी मूल्य बढ्ने व्यवसायीहरुको भनाइ छ । तर, नेपालमा नयाँ निजी सवारीको आयातमा ८० प्रतिशत हाराहारी हिस्सा विद्युतीय सवारीले ओगट्न थालिसकेकाले यूरो ६ ले अझ यसतर्फ प्रोत्साहन गर्ने कतिपयको विश्वास छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

समस्याग्रस्त ११ सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिर्नेको सम्पत्ति लिलाम हुने 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीहरूका...

राफेको उत्पादन नेपाली बजारमा भित्रियो, रिप्लेसमेन्टको सुविधा

राफे इन्टरनेशनल ट्रेडिङ (एलएलसी) का उत्पादनहरू नेपाली बजारमा भित्रिएका...

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २६ देखि, इभेन्ट व्यवस्थापक छनोट गर्न आवेदन माग

नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिशयन (नाइमा)ले दोस्रो संस्करणको...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त...
spot_img