वि.सं. २०६४ साल बैशाख ७ गते स्थापना भएको सिटिजन्स बैंक १९ वर्ष पुरा गरि २० औ वर्षमा प्रवेश गरेको छ। त्यस समय २० औं वाणिज्य बैंकको रुपमा स्थापना भएको सिटिजन्स बैंकले हालै विभिन्न कार्यक्रम गरि १९ औं वार्षिकोत्सव मनाएको छ ।
यस अवधिमा बैंकले १६ वर्षदेखि निरन्तर लाभांश प्रदान गरिरहेको छ। बैंकले आर्थिक वर्ष २०६६/६७ देखि लाभांश दिन थालेको हो । त्यसपछि बैंकले हालसम्म हरेक आर्थिक वर्षमा लाभांश दिदै आएको छ।
बैंकले दुई पटक हकप्रद निष्काशन पनि गरेको छ । बैंकले २०७३ असारमा १०:५.५० को अनुपातमा र २०७३ चैत्रमा १०:२.५ को अनुपातमा हकप्रद निष्काशन गरेको थियो।
कुन आर्थिक वर्ष कति प्रतिशत लाभांश ?
आर्थिक वर्ष २०६६/६७ – १२.६३ प्रतिशत नगद
आर्थिक वर्ष २०६७/६८ – ५.५३ प्रतिशत नगद र ५ प्रतिशत बोनस
आर्थिक वर्ष २०६८/६९ – ८.४२ प्रतिशत नगद र ५ प्रतिशत बोनस
आर्थिक वर्ष २०६९/७० – १५ प्रतिशत नगद
आर्थिक वर्ष २०७०/७१ – ५.९५ प्रतिशत नगद र १३ प्रतिशत बोनस
आर्थिक वर्ष २०७१/७२ – १.०५ प्रतिशत नगद र २० प्रतिशत बोनस
आर्थिक वर्ष २०७२/७३ – ०.८३ प्रतिशत नगद र १५.८० प्रतिशत बोनस
आर्थिक वर्ष २०७३/७४ – ०.८५ प्रतिशत नगद र १६ प्रतिशत बोनस
आर्थिक वर्ष २०७४/७५ – १.६० प्रतिशत नगद र ३.६० प्रतिशत बोनस
आर्थिक वर्ष २०७५/७६ – १२ प्रतिशत नगद र ३ प्रतिशत बोनस
आर्थिक वर्ष २०७६/७७- ३ प्रतिशत नगद र ८ प्रतिशत बोनस
आर्थिक वर्ष २०७७/७८ – ३.०९ प्रतिशत नगद र १२.९१ प्रतिशत बोनस
आर्थिक वर्ष २०७८/७९ – ९ प्रतिशत नगद
आर्थिक वर्ष २०७९/८०- ५.७९ प्रतिशत नगद
आर्थिक वर्ष २०८०/८१- ०.२१ प्रतिशत नगद र ४ प्रतिशत बोनस
आर्थिक वर्ष २०८१/८२ – ०.२६ प्रतिशत नगद र ५ प्रतिशत बोनस
आधा दर्जन संस्था प्राप्ति
यस अवधिमा बैंकले विभिन्न ६ वटा संस्थालाई प्राप्ति गरेको छ । बैंकले आर्थिक वर्ष २०७१/७२ मा नेपाल हाउजीङ एण्ड मर्चेन्ट फाइनान्स लिमिटेड र पिपुल्स फाइनान्स लिमिटेडलाई प्राप्ति गरेको थियो।
त्यस्तै बैंकले आर्थिक वर्ष २०७३/७४ मा प्रिमियर फाइनान्स लिमिटेडलाई प्राप्ति गरेको थियो। आर्थिक वर्ष २०७६/७७ मा बैंकले सहयोगी विकास बैंकलाई प्राप्ति गरेको थियो। बैंकले आर्थिक वर्ष २०७७/७८ मा तिनाउ मिसन डेभलपमेन्ट बैंक र २०७७/७८ मा सिर्जना फाइनान्स लिमिटेड लाई प्राप्ति गरेको थियो।
हाल बैंकको चुक्ता पुँजी १५ अर्ब ५० करोड रहेको छ । हाल बैंकका अध्यक्ष प्रबल जंग पाण्डे रहेका छन् भने सीइओ गणेश राज पोखरेल रहेका छन् ।













