आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५८ हजार ३१५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ भने तोलामा ३० रुपैयाँले घटेर प्रतितोला ५ हजार १ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ४ सय २४ रुपैयाँ तोकिएको छ ।













