नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिशयन (नाइमा)ले दोस्रो संस्करणको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’का लागि भृकुटीमण्डपस्थित प्रदर्शनीस्थल बुक गरेको छ । नाइमाले साउन २६ देखि ३१ सम्म मोबिलिटी एक्स्पो आयोजना गर्नका लागि प्रदर्शनीस्थल बुक गरेको हो ।
यसैगरी नाइमाले यसपटक इभेन्ट म्यानेजमेन्टका लागि खुला प्रतिस्पर्धाबाट कम्पनी छनोट गर्ने भएको छ । यसका लागि अप्रिल २८ सम्मको समय राखेर नाइमाले आवेदन आह्वान गरेको छ ।
नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालका अनुसार इभेन्ट म्यानेज, लजिस्टिक सेवा र प्रदर्शनीस्थलको पूर्वाधार तयार पार्नका लागि खुला प्रतिस्पर्धाबाट कम्पनी छनोट गर्नका लागि आवेदन आह्वान गरिएको हो । आवेदन दिएका कम्पनीमध्येबाट मोबिलिटी एक्स्पो कमिटीले कम्पनी छनोट गरेर कामको जिम्मा दिनेछ ।













