Saturday, June 27, 2026
spot_img

लगानी स्वीकृत भएका ५५ आयोजनामध्ये २ वटा मात्रै निर्माणमा, अर्थमन्त्रीले भने ‘लाजै मर्दो भयो’

spot_img
spot_img

लगानी बोर्डको अनुगमन तथा सहजीकरण समितिको १३ औँ बैठक अर्थ मन्त्रालयमा सम्पन्न भएको छ । मङ्गलबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा समितिको बैठक बसेको हो ।

बैठकमा अर्थमन्त्री वाग्लेले लगानी स्वीकृत भएको ५५ आयोजनामा २ वटा मात्रै निर्माणमा जानू लाजै मर्दो भएको बताए।  विदेशी लगानी स्वीकृत भएका यति लामो समयमा काम नै गरेपछि निर्मम समीक्षा गर्नु पर्ने उनले बताए।

उनले भने ‘परियोजनामा विदेशी लगानी स्वीकार गरेर आयोजना निर्माणमा थप काम नहुनुमा दोषी को हो ? मान्छे भए मान्छे,  कानुन भए कानुन फेर्नै पर्ने अवस्था आयो । समस्या के हो त्यो तुरुन्तै चाहियो ।’

उनले अब १४ औँ बैठकमा समस्या समाधान गरेर थप प्रगति नभए निर्मम भएर सोचिने चेतावनी दिए। लगानी सहजीकरण गर्ने यति ठूलो शक्तिशाली निकाय निरीह देखिनुले अत्यन्तै गलत सूचना सञ्चार भएको उनको भनाई थियो। कम्तिमा १० वटा परियोजनामा तत्काल प्रगति देखिनु पर्ने उनले बताए ।

प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले देशको भविष्य बोकेका आयोजना र विकासका परियोजना को हालत अत्यन्तै दयनीय देखिएको उल्लेख गरे। परियोजना अघि बढाउन प्रगतिको बाधक के-के हो, तिनको पहिचान गरि तत्काल सम्बोधन गरिनु पर्ने उनले बताए। उनले भने ‘कुन निकाय ? कुन व्यक्ति ? के के कारणले समन्वय गर्न नसकेको हो ? अब यो मनिटरिङ हुन्छ । ‘

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले लगानी बोर्ड, कार्यालय तथा समितिको काम कर्तव्य, अधिकार, बोर्डबाट स्वीकृत तथा सहजीकरण गरिरहेका आयोजनाका बारेमा जानकारी गराएका थिए । यस्तै उनले यस अघिको १२ औँ बैठकले गरेको निर्णय कार्यन्वयन जस्ता विषयमा जानकारी दिएका थिए।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नाडा स्थापनाको ५० वर्षः काठमाडौँमा ‘वाकाथन’सहित स्वर्ण उत्सव समारोह सम्पन्न

अटोमोबाइल्स व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपाल...

अनुकुल श्रेष्ठ बने एनवाइईएफ ललितपुर च्याप्टरको अध्यक्ष

नेपालिज यङ इन्टरप्रेनर्स फोरम (एनवाईइएफ) ललितपुर च्याप्टरको अध्यक्षमा अनुकुल...

काठमाडौँमा फैलिँदै बर्डफ्लू, हालसम्म ११ जिल्लामा संक्रमण पुष्टि

काठमाडौँ उपत्यकामा बर्डफ्लू संक्रमणले तीव्र रुप लिएको छ ।...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...

सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण...

राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सको शीघ्र सुधारात्मक कारवाही फुकुवा

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई गरिएको शीघ्र सुधारात्मक...
spot_img