Saturday, June 27, 2026
spot_img

राफेको उत्पादन नेपाली बजारमा भित्रियो, रिप्लेसमेन्टको सुविधा

spot_img
spot_img

राफे इन्टरनेशनल ट्रेडिङ (एलएलसी) का उत्पादनहरू नेपाली बजारमा भित्रिएका छन् । कम्पनीले मंगलबार एक कार्यक्रममार्फत आफ्ना उत्पादन नेपाली बजारमा सार्वजनिक गरेको हो ।

राफेका प्रमुख कार्यकारी अधिकृत विवेश सुवेदीका अनुसार राफेका उत्पादन देशभर वितरण सुरु गरिएको छ । ग्राहकको विश्वासलाई प्राथमिकतामा राखिएको राफेका उत्पादनहरू प्रिमियम गुणस्तरका रहेका छन् । कम्पनीले नेपाली उपभोक्ताका लागि एक वर्षसम्म ‘नो क्वेश्चन आस्क्ड रिप्लेसमेन्ट’ ग्यारेन्टी दिने घोषणा गरेको छ । यसअन्तर्गत उत्पादनमा कुनै समस्या आएमा झन्झटबिना सिधै प्रतिस्थापन सुविधा उपलब्ध गराइने बताइएको छ ।

‘हामीले केबल एउटा ब्राण्ड बनाउने उदेश्य राखेनौँ । राफेलाई आत्मविश्वास, व्यक्तिगत पहिचान र उत्कृष्टताको प्रतिकको रुपमा स्थापित गरेका छौँ । अब हामी अन्तराष्ट्रिय बजारतर्फ विस्तार हुँदै हाम्रो सोचलाई विश्वभर पुर्याउने लक्ष्यमा अघि बढिरहेका छौँ’ सुवेदीले भने ।

राफे इन्टरनेशनल ट्रेडिङ करिब ४ वर्षअघि यूएईमा स्थापना भएको हो । छोटो अवधिमै गुणस्तर, नवीनता र ग्राहकसँगको सुदृढ सम्बन्धका कारण कम्पनीले बजारमा विशिष्ट पहिचान बनाएको कम्पनीको दाबी छ ।

कम्पनीले नेपालमा प्रवेशसँगै उच्च गुणस्तरका उत्पादन, नवीन प्रविधि तथा अन्तर्राष्ट्रिय स्तरको सेवा उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ । साथै वितरण र बिक्रीपछिको सेवामा पनि सहजता सुनिश्चित गरिने कम्पनीको भनाइ छ ।

राफे ग्राण्ड लञ्च इभेन्टमा प्रमुख अतिथीकारुपमा किक्रेटर आदिल अन्सारी उपस्थित थिए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नाडा स्थापनाको ५० वर्षः काठमाडौँमा ‘वाकाथन’सहित स्वर्ण उत्सव समारोह सम्पन्न

अटोमोबाइल्स व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपाल...

अनुकुल श्रेष्ठ बने एनवाइईएफ ललितपुर च्याप्टरको अध्यक्ष

नेपालिज यङ इन्टरप्रेनर्स फोरम (एनवाईइएफ) ललितपुर च्याप्टरको अध्यक्षमा अनुकुल...

काठमाडौँमा फैलिँदै बर्डफ्लू, हालसम्म ११ जिल्लामा संक्रमण पुष्टि

काठमाडौँ उपत्यकामा बर्डफ्लू संक्रमणले तीव्र रुप लिएको छ ।...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...

सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण...

राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सको शीघ्र सुधारात्मक कारवाही फुकुवा

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई गरिएको शीघ्र सुधारात्मक...
spot_img