Tuesday, April 21, 2026
spot_img
spot_img

नेपालमा सार्वजनिक हुँदै एथर रिज्ता स्कुटी, एकपटक चार्ज गर्दा १५९ किलोमिटर गुड्ने

spot_img
spot_img

इलेक्ट्रिक स्कुटर ब्रान्ड एथर एनर्जीले आफ्नो नयाँ स्कुटर ‘एथर रिज्ता’ नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । बहुप्रतिक्षित यो स्कुटर नेपाल मोबिलिटी एक्स्पो २०२५ मा सार्वजनिक हुने छ।

नेपालमा एथर ४५० सिरिजको सफलतापछि, एथर रिज्ता एक नयाँ युगको सुरुवात हुने र यो स्कुटी नेपाली परिवारका लागि विशेष रूपमा डिजाइन गरिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार परिवारलाई ध्यानमा राखेर तयार गरिएको एथर रिज्ता एक स्मार्ट, फराकिलो र अत्यन्तै सुविधाजनक इलेक्ट्रिक स्कुटर हो, जुन दैनिक जीवनको हरेक मोडमा काम लाग्दछ। भारतमा यसको सुरुवाती वर्षमै १ लाखभन्दा बढी युनिट बिक्री भइसकेको छ ।

वैद्य इनर्जीले भारतमा सिद्ध भइसकेको यही डिजाइन र प्रविधिलाई नेपालका सडक, संस्कृति र आवश्यकता अनुसार अनुकूलन गरी नेपाली उपभोक्तामाझ ल्याउन लागेको हो । रिज्ताको लामो सिट र ठूलो स्टोरेज नेपाली परिवार तथा शहर गाउँ बीचका यात्राका लागि उपयुक्त हुने कम्पनीको विश्वास छ । स्किड कन्ट्रोल, थिफ्ट अलर्ट जस्ता सुरक्षासम्बन्धी विशेषताहरुले नेपाली सडकमा थप आत्मविश्वास दिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार रिज्ताको स्मार्ट कनेक्तिभिटी फिचरहरू जस्तै नेभिगेसन, राइड स्ट्याट्स, ओटीए अपडेट, आदि अब नेपाली भाषा र स्थानीय नक्सासँग अनुकूल गरिनेछ । १५९ किमिको विस्तारित रेन्ज भएको Z- भेरिएन्ट काठमाडौं, पोखरा, भक्तपुरजस्ता सहरहरूबीचको यात्रालाई झन्झटरहित बनाउनेछ। साथै, एथरले ब्याट्री वारन्टी र सरल फाइनान्सिङ योजना मार्फत पेट्रोलबाट विद्युतीय सवारीमा रुपान्तरण गर्न चाहने नेपाली उपभोक्तालाई सहयोग पुर्याउने जनाएको छ ।

एथर रिज्ताका विशेषता

उल्लेखनीय रेन्जः एकपटक चार्ज गर्दा १५९ किमी सम्म यात्रा लामो यात्रा वा दैनिक उपयोग दुवैका लागि भरपर्दो ।

शक्तिशाली प्रदर्शन: ४.३ किलोवाट मोटर, छिटो एक्सेलेरेशन र विश्वसनीय टप स्पीड ।

परिवारमैत्री आराम: सेग्मेन्टकै सबैभन्दा लामो सिट यात्राको हरेक पल सहज ।

सुरक्षा केन्द्रित डिजाइन: स्किड कन्ट्रोल, डिस्क ब्रेक, मजबूत चेसिस ।

स्मार्ट कनेक्तिभिटी : ७ इन्चको टचस्क्रिन, गुगल म्याप्स, म्युजिक कन्ट्रोल, कल म्यानेजमेन्ट, OTA अपडेट ।

ब्याट्री सुरक्षा : IP67 रेटेड ब्याट्री र ५ वर्षको वारन्टी |

व्यावहारिकताः ३४ लिटरको स्टोरेज सेग्मेन्टमै सबैभन्दा धेरै ।

कम्पनीका अनुसार एथर रिज्ता २०२५ अगस्ट ६ देखि १० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने NAIMA नेपाल मोबिलिटी एक्स्पो २०२५ मा सार्वजनिक गरिनेछ । कार्यक्रममा सहभागीहरुले पहिलो पटक रिज्ताको प्रत्यक्ष अवलोकन तथा प्रविधिको अनुभव गर्न पाउनेछन् । बुकिङ चाँडै खुल्ने, र स्कुटर यसै वर्ष नेपालभर उपलब्ध हुने कम्पनीले जनाएको छ।

एथर एनर्जीले हालसम्म काठमाडौं, पोखरा, बुटवल र इटहरी मा ८ वटा एक्स्पेरियन्स सेन्टर, बौद्धमा १ टेस्ट राइड जोन, ६ वटा सर्भिस सेन्टर, र २१ वटा फास्ट चार्जिङ ग्रिड स्थापना गरिसकेको छ ।

वैद्य इनर्जी प्रा.लिका प्रमुख कार्यकारी अधिकृत सूर्यांश वैद्यले एथर रिज्ता सबैभन्दा प्रतिक्षित उत्पादनमध्ये एक रहेको बताए। भारतमा अत्यधिक सफल भइसकेपछि यसलाई नेपालमा ल्याउन पाउँदा उत्साहित रहेको उनले उल्लेख गरेका छन्। रिज्तासँगै केवल स्कुटर नभई , विद्युतीय सवारी साधनको दिगो भविष्य पनि नेपालीहरू माझ ल्याउन लागेको उनको भनाई छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

समस्याग्रस्त ११ सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिर्नेको सम्पत्ति लिलाम हुने 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीहरूका...

राफेको उत्पादन नेपाली बजारमा भित्रियो, रिप्लेसमेन्टको सुविधा

राफे इन्टरनेशनल ट्रेडिङ (एलएलसी) का उत्पादनहरू नेपाली बजारमा भित्रिएका...

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २६ देखि, इभेन्ट व्यवस्थापक छनोट गर्न आवेदन माग

नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिशयन (नाइमा)ले दोस्रो संस्करणको...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त...
spot_img