spot_img

केकीले किनिन् प्रोटोन इमास–सेभेन

spot_img

नायिका केकी अधिकारीले प्रोटोनको इमास–सेभेन खरिद गरेकी छिन् । प्रोटोनको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले थापाथलीमा शोरुम सञ्चालनमा ल्याउँदै त्यहीँबाट नायिक अधिकारीलाई इमास–सेभेन हस्तान्तरण गरेको हो ।

यसअघि कम्पनीले इमास–सेभेनको शोरुम नक्सालमा थियो । अब थापाथलीमा पनि शोरुम सञ्चालनमा आएको छ । उक्त शोरुम उद्घाटनका अवसरमा जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले जिली मोटर्सको लगानी रहेको मलेशियन कम्पनी प्रोटनको इमास एशियन देशका सडक सुहाउँदो गरी डिजाइन गरिएको बताए ।

कम्पनीका भाइस प्रेसिडेन्ट राजु भेटुवालले अब क्रमशः मुलुकका मुख्य शहरहरुमा शोरुम स्थापना गर्दै जाने कम्पनीको योजना रहेको बताएका छन् । असारभित्रै कम्पनीले भक्तपुरको राधेराधे र पोखरामा नयाँ शोरुम सञ्चालनमा ल्याउने छ ।

जगदम्बा मोटर्सले सन् २०२५ भित्रै नेपालभर १५ स्थानमा थ्रीएस सुविधा सहितको शोरुम सञ्चालनमा ल्याइसक्ने लक्ष्य लिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नगद छुट र स्क्र्याच कार्डमार्फत पुरस्कारसहित “Hyundai Festive Drive २०८३’ घोषणा

नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि....

तीजको दिन कति छ सुनचाँदीको भाउ ?

आज सोमबार, हरितालिका तीजको दिन सुनचाँदीको भाउ घटेको छ...

आज ४ कम्पनीको लाभांश घोषणा, कुनको कति ?

आज भदौ २९ गते सोमबार ४ वटा सूचीकृत कम्पनीले...

ओम्स नेपाल बागमती प्रदेशको अध्यक्षमा एल.बी. मोक्तान

बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपाल बागमती...

बाढी प्रभावित परिवारले मासिक १५ हजार पाउने

सरकारले भोटेकोशी बाढी प्रभावितको लागि मासिक नगद रकम उपलब्ध...