नायिका केकी अधिकारीले प्रोटोनको इमास–सेभेन खरिद गरेकी छिन् । प्रोटोनको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले थापाथलीमा शोरुम सञ्चालनमा ल्याउँदै त्यहीँबाट नायिक अधिकारीलाई इमास–सेभेन हस्तान्तरण गरेको हो ।
यसअघि कम्पनीले इमास–सेभेनको शोरुम नक्सालमा थियो । अब थापाथलीमा पनि शोरुम सञ्चालनमा आएको छ । उक्त शोरुम उद्घाटनका अवसरमा जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले जिली मोटर्सको लगानी रहेको मलेशियन कम्पनी प्रोटनको इमास एशियन देशका सडक सुहाउँदो गरी डिजाइन गरिएको बताए ।
कम्पनीका भाइस प्रेसिडेन्ट राजु भेटुवालले अब क्रमशः मुलुकका मुख्य शहरहरुमा शोरुम स्थापना गर्दै जाने कम्पनीको योजना रहेको बताएका छन् । असारभित्रै कम्पनीले भक्तपुरको राधेराधे र पोखरामा नयाँ शोरुम सञ्चालनमा ल्याउने छ ।
जगदम्बा मोटर्सले सन् २०२५ भित्रै नेपालभर १५ स्थानमा थ्रीएस सुविधा सहितको शोरुम सञ्चालनमा ल्याइसक्ने लक्ष्य लिएको छ ।