Tuesday, July 15, 2025

ईभीको प्रोत्साहन र खपतः नेपाललाई ‘ग्रीन ट्रान्सपोर्टेशन’को उदाहरणीय मुलुक बन्ने अवसर

spot_img
spot_img

पछिल्ला वर्षमा सवारी साधन आयातको तथ्याङ्कले नेपाली अटोमोबाइल्स बजार तीव्र गतीमा विद्युतीय सवारीतर्फ रुपान्तरण भइरहेको देखिन्छ । ईभीको प्रयोगमा भइरहेको तीव्र वृद्धिले देशको ऊर्जा, वातावरण र आर्थिक प्रणालीमा समेत दीर्घकालीन प्रभाव पार्ने संकेतहरु देखिएका छन् ।

आयातमा आधारित इन्धन प्रणाली र मुलुकभित्रै जलविद्युत्को अपार सम्भावना भएका कारण विद्युतीय सवारी मुलुकका लागि उपयुक्त मानिँदै आइएको छ । आयातित इन्धनको खपत कम गराउन र त्यसबाट हुने वायु प्रदूषण कम गराउन सरकारले ईभीलाई प्रोत्साहन गरेको छ । सोही कारण विद्युतीय सवारीको प्रयोग उल्लेख्य रूपमा बढेको देखिन्छ ।

दुई पाङ्ग्रे र चार पाङ्ग्रे ईभीको खपत
हाल नेपालमा निजी प्रयोगकर्तादेखि सार्वजनिक यातायातमा समेत विद्युतीय सवारीको प्रयोग बढ्दो छ ।

चार पाङ्ग्रे ईभीको खपत त आयातको तथ्याङ्कले नै अधिक हुँदै गएको छ भन्ने देखाउँछ । आर्थिक वर्ष २०८०÷८१ मा मात्रै २३.०९ अर्ब बराबरका ९ हजार ८५० युनिट चार पाङ्ग्रे विद्युतीय सवारीसाधन आयात गरिएका छन् । तीमध्ये ७४.५ प्रतिशत ईभी चीनबाट आयात भएका थिए ।

चालु आर्थिक वर्षको जेठसम्म पनि १३ हजार ५ सय युनिट ईभी आयात भइसकेका छन् । आर्थिक वर्षको अन्तिमसम्म करिब १५ हजार युनिट ईभी आयात हुने देखिएको छ । यसबाट कार, जिप र भ्यानजस्ता सवारीमा अब ईभीको खपत अनुपात क्रमशः परम्परागत पेट्रोल–डिजेल गाडीको भन्दा बढी भइरहेको पुष्टि हुन्छ ।

यसैगरी, दुई पाङ्ग्रेतर्फ पनि ईभीको हिस्सा बढिरहेको छ । इलेक्ट्रिक स्कुटरको बजार अहिले क्रमशः उकालो लागिरहेको आयातकर्ता कम्पनीहरु बताउँछन् । तुलनात्मक रुपमा विद्युतीय मोटरसाइकलको खपत केही कम देखिएपनि बढ्दो क्रममै रहेको देखिन्छ ।

अहिले दुइ पाङ्ग्रे ईभीतर्फ नेपाली बजारमा एथर, गोगोरो, याडिया, सेगवे जस्ता ब्राण्डले आफ्नो उपस्थिति बलियो बनाउँदै लगेका छन् ।

थपिँदै चार्जिङ पूर्वाधार
भौगोलिक अवस्था जटिल भएपनि अहिले चार्जिङ पूर्वाधारको उपलब्धता भने बढिरहेको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार हालसम्म देशभर झन्डै ४ सय ५० भन्दा बढी चार्जिङ स्टेशन स्थापना भइसकेका छन् । प्राधिकरण र निजी क्षेत्रले चार्जिङ स्टेशनमा लगानी बढाउने रणनीति लिएका छन् ।

काठमाडौँ उपत्यकाभित्र मात्रै नभई मुख्य राजमार्गसहित पोखरा, चितवन, बुटवल, नेपालगञ्ज, जनकपूर, बर्दिबास गायतका शहरहरुमा चार्जिङ पूर्वाधार विस्तार भइरहेको छन् । टाटा, बिवाईडी, एमजी, हुण्डाई जस्ता ब्राण्डले पनि चार्जिङ पूर्वाधारमा लगानी बढाइरहेका छन् । तर ग्रामीण क्षेत्रमा भने अझै चार्जिङ पूर्वाधार विस्तार गर्नुपर्ने आवश्यकता रहेको सवारी बिक्रेताहरु बताउँछन् ।

आर्थिक बचत र ऊर्जा सुरक्षामा सहयोग
नेपालमा विद्युतीय सवारी प्रयोगको बढ्दो प्रवृत्तिले देशको विदेशी मुद्रा सञ्चितिमा उल्लेखनीय प्रभाव पारेको छ । अध्ययनहरुका अनुसार विद्युतीय सवारीको प्रयोगले वार्षिक २२ मिलियन अमेरिकी डलर बराबरको पेट्रोलियम पदार्थको आयात बचत हुने देखिन्छ ।

साथै, जलविद्युतमा आधारित चार्जिङ व्यवस्था भएकोले इन्धनमा आधारित प्रणालीको सट्टा स्वदेशी ऊर्जाको प्रयोग पनि बढ्दै गएको छ । यसले ऊर्जा सुरक्षामा समेत महत्वपूर्ण योगदान दिने विश्लेषण गरिएको छ ।

ईभीको चार्जिङ शुल्क पेट्रोल वा डिजेलको तुलनामा १० देखि १५ गुणा सस्तो पर्छ । यसकारण पनि अटोमोबाइल्स प्रेमीहरु अहिले विद्युतीय सवारीतर्फ आकर्षित भएको पाइन्छ ।

साथै, सस्तो मर्मत खर्च पनि कम लाग्छ । यस्तै, कर छुट जस्ता सरकारी सहुलियतहरूले पनि ईभीलाई प्रोत्साहन गरेको छ ।

वातावरणीय सुधारको आशा
विद्युतीय सवारी प्रयोगको बढ्दो प्रवृत्तिले वायु प्रदूषण नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । काठमाडौँ उपत्यकाको प्रदूषणको एक चौथाइ हिस्सा सवारीसाधनबाट उत्पन्न हुने विभिन्न अनुसन्धानहरूले देखाएका छन् ।

विश्व स्वास्थ्य संगठनले पनि काठमाडौँलाई वायु प्रदूषणको दृष्टिकोणले अत्यधिक संवेदनशील क्षेत्रमध्ये एक मानेको छ । यदि सार्वजनिक यातायात प्रणालीलाई पूर्ण रुपमा विद्युतीय बनाउन सक्ने हो भने प्रदूषण मात्र नभई जनस्वास्थ्यमा समेत उल्लेखनीय सुधार आउन सक्ने जानकारहरु बताउँछन् ।

यद्यपी, यसका लागि ग्रामीण क्षेत्रमा चार्जिङ स्टेशनको विस्तार गर्नुपर्ने, ईभी खरिदमा लोन टू भ्यालू रेसियो हालको ६० प्रतिशतलाई सरल बनाइनुपर्ने आवश्यक रहेको यस क्षेत्रमा दख्खल राख्ने जानकारहरुको भनाइ छ । साथै, ठूलो जनसंख्याका लागि अझै पनि ईभीको प्रारम्भिक मूल्य महँगो नै भएकाले यसलाई अझै सहुलियत दिन आवश्यक रहेको समेत चर्चा हुने गरेको छ ।

हालै मात्रै विश्व बैंकले गरेको अध्ययनले नेपालमा उल्लेख्य मात्रामा ईभीको खपत बढ्नुमा करमा दिइएको सहुलियतले नै मुख्य रुपमा योगदान गरेको देखाइएको छ । सँगै, यसलाई नेपालको वातावरणीय उत्तरदायित्वतर्फको कदमसमेत भनेर प्रशंसा गरिएको छ ।

जानकारहरुले अहिलेकै अवस्था निरन्तर कायम रहे सन् २०२० को दशकभित्रै (सन् २०३० सुरु हुनु अगाडी) नै नेपाल ‘ग्रीन ट्रान्सपोर्टेशन’को उदाहरणीय मुलुक बन्ने अपेक्षा पनि गरेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

सार्वजनिक यातायात क्षेत्रका दुइ महासंघबीच एकता गर्ने तयारी

सार्वजनिक यातायात क्षेत्रका दुइ ठूला छता संगठनबीच एकताको तयारी...

आईपीओको तयारीमा रहेको महानगर यातायातले १२ वटा विद्युतीय बस सञ्चालनमा ल्याउँदै

काठमाडौँको ‘रिङ– रोड’मा सार्वजनिक यातायात सेवा दिँदै आएको महानगर...

ओझा निलम्बनमा परेपछि बीमा प्राधिकरण अध्यक्षमा पोखरेल, लिए सपथ

अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको...

 माछापुच्छ्रे क्यापिटलद्वारा श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग

माछापुच्छ्रे क्यापिटल लिमिटेडले श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग...

ईभीको बढ्दो दुर्घटनाः प्रविधि असुरक्षित होइन, दोष कसको ?

अहिले सामाजिक सञ्जालमा विद्युतीय सवारी साधनको दुर्घटनालाई अस्वभाविक रुपमा...

एनआरएनए जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी...
spot_img