नाडा अटो शो २०२५ का लागि स्टल एलोकेसन कार्यक्रम सम्पन्न भएको छ। नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी आउँदो भदौ ३ देखि ८ गते ( अगस्ट १४ – २४, २०२५) सम्म भृकुटी मण्डप, काठमाडौंमा आयोजना हुँदैछ ।
वि.सं. २०५५ मा सुरु भएको नाडा अटो शो आजसम्म आई पुग्दा नेपाली अटो उद्योगको प्रमूख प्रदर्शनी बनेको छ, जसले प्रविधि, नवप्रवर्द्धन एवं गतिशीलतामा महत्वपूर्ण योगदान दिँदै आएको छ।
सहभागी ब्रान्डहरू:
चार पाङग्रे : DEEPAL, AVATR, DONGFENG NAMMI, SERES, TATA, SUZUKI, TESLA, AION, XPENG, RIDDARA, SKY WELL, BYD, FOTON, BAW BRUMBY, JY AIR, BLAVAL, LS Auto, JINPENG. (18 Stalls )
दुई पाङग्रे : Hero, Royal Enfield, Zonson, Yamaha (4 Stalls)
लाइट कमर्शियल भेहिकल : NEW GONOW, DFSK, DONGFENG, KAMA, FOTON, SOKON, CG KYC/ KINGLONG, Montra, Skyworth, KAINIU, KAWEI / NAVECO, SUNLONG (13 Stalls)
अटो कम्पोनेन्टहरू: Asian, GULF, Duckhams, ATS ELGI / ELGI, MAFRA, MAXSHINE, WAVEX/ Kuruma, Massimo Nepal, Michelin, Liqui Moly, STC RIDE / ENERGY, CEAT Tyre, JK / Good Tyre, Spicer, Vulcan, ITR / ATF / USB / HOBE, CYG, KPI & Kohinoor, Manatec, Electric Vehicle Charger, TATA Green, Total Energies, STUDDS / SMK, Microbiz, Horizon fct, MAK, PLO आदिको व्यापक उपस्थिति (More than 40 Stalls)
यस संस्करणका विशेष आकर्षणहरू: Made in Nepal पेभिलियन
• विन्टेज कार पेभिलियन
• अटो डायलग ( नीति र प्रवृत्ति सम्बन्धी संवाद )
• इटेरी, क्याफे
• साथै, एक विशेष प्रदर्शन छिट्टै सार्वजनिक गरिनेछ
यस संस्करणको टाइटल स्पोन्सर MAW Group of Companies रहनेछ, जसले एक नविन र गैर-प्रतिस्पर्धी उत्पादनमार्फत शोमा सहभागी हुनेछ । नाडा अटो शो २०२५ अटोमोबाइल उद्योगप्रतिको जनचासो हुनुकासाथै, अत्याधुनिक प्रविधि तथा नेपालमा गरिएका इनोभेसनहरूको भव्योत्सव हुने विश्वास आयोजकको रहेको छ ।