नामी ह्याचव्याकको मूल्य घटेको छ । कम्पनीले नामी–०१ ह्याचव्याकको टप भेरियन्टको मूल्य घटाएको हो ।
डोङफेङको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले डोङफेङ नामी–०१ ह्याचव्याकको टप भेरियन्ट ई–३ को मूल्य १ लाख २० हजारले घटाएको हो । कम्पनीका प्रतिनिधिका अनुसार यसअघि ई–३ को मूल्य ३५ लाख ९९ हजार थियो । मूल्य घटेपछि ३४ लाख ७९ हजार रुपैयाँ कायम भएको छ ।
कम्पनीले ४९.५ किलोवाटको इलेक्ट्रिक मोटर भएको गाडी ल्याउँदै आएको छ । यसअघि ७० किलोवाटको मोटर दिइएको थियो ।
करिब १० महिना अगाडी नेपाली बजारमा एमएडब्लू वृद्धिले सार्वजनिक गरेको नामी–०१ ह्याचव्याक सफल मोडल मानिन्छ । कम्पनीका अनुसार हालसम्म यसको आयात १ हजार युनिट पूरा भइसकेको कम्पनीले जनाएको छ ।