Tuesday, April 21, 2026
spot_img
spot_img

‘शार्क ट्याङ्क नेपाल’को आधिकारिक प्रायोजक बन्यो ‘प्रोटन इमास’

spot_img
spot_img

प्रोटनको विद्युतीय सवारीसाधन ‘प्रोटन इमास’ व्यवसायिक रियालिटी शो ‘शार्क ट्याङ्क नेपाल’को आधिकारिक प्रायोजक बनेको छ । मलेसियाली अटो प्रोटोन इमास शार्क ट्याङ्क नेपालको प्रायोजक बनेको हो ।

नेपालमा जगदम्बा मोटर्स प्रोटोनका गाडीको आधिकारिक आयातकर्ता हो ।

यस साझेदारीपछि अब सिजनभर प्रोटन इमास शार्क ट्याङ्क नेपालमा प्रमुख ब्रान्डको रूपमा देखिनेछ ।

हिमालय टेलिभिजनमार्फत प्रशारण हुने उक्त कार्यक्रममा सहभागितामार्फत नेपाली स्टार्टअप र उद्यमशीलता क्षेत्रमा प्रवर्द्धन हुने विश्वास जगदम्बा मोटर्सले लिएको छ ।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले स्टार्टअपलाई अगाडि बढाउने प्रतिवद्ध ब्रान्डको हैसियतले ‘शार्क ट्याङ्क नेपाल’सँगको सहकार्यप्रति कम्पनी उत्साहित रहेको बताए ।

‘शार्क ट्याङ्क नेपाल’ विश्वभर लोकप्रिय उद्यमशीलता शो ‘शार्क ट्याङ्क’को नेपाली संस्करण हो । यसले स्थानीय स्टार्टअपहरूलाई आफ्नो व्यवसायिक आइडिया प्रस्तुत गर्ने मौका प्रदान गर्छ ।

प्रोटन इमास दक्षिणपूर्व एसियाको ‘क्लीन मोबिलिटी’ अभियानलाई अघि बढाउने लक्ष्यसहित डिजाइन गरिएको नयाँ पुस्ताको विद्युतीय सवारीसाधन हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

समस्याग्रस्त ११ सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिर्नेको सम्पत्ति लिलाम हुने 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीहरूका...

राफेको उत्पादन नेपाली बजारमा भित्रियो, रिप्लेसमेन्टको सुविधा

राफे इन्टरनेशनल ट्रेडिङ (एलएलसी) का उत्पादनहरू नेपाली बजारमा भित्रिएका...

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २६ देखि, इभेन्ट व्यवस्थापक छनोट गर्न आवेदन माग

नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिशयन (नाइमा)ले दोस्रो संस्करणको...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त...
spot_img