डोङफेङ नामी गाडीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धिले ‘नामी फाइभ स्टार अफर’ सार्वजनिक गरेको छ । कम्पनीले यो अफर नेपालभरका सबै नामी शोरूमहरूमा उपलब्ध हुने गरी ल्याएको हो ।
यस अफरअन्तर्गत ग्राहकहरूले नयाँ विद्युतीय सवारी किन्दा वा पुरानो सवारी अपग्रेड गर्दा अतिरिक्त लाभहरू पाउनेछन् । जसले उनीहरूको खरिद अनुभवलाई झनै मूल्यवान र लाभदायक बनाउने कम्पनीले विश्वास लिएको छ ।
नामी फाइभ स्टार अफरले ग्राहकहरूलाई आकर्षित गर्ने पाँचवटा विशेष सुविधाहरू प्रदान गर्नेछ । यस योजनाअन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुट, ७ किलोवाट प्लस ३.५ किलोवाट चार्जर, अटो प्लस बीमा, चालु आर्थिक वर्षका लागि निःशुल्क सडक कर र निःशुल्क एक्सेसरिजहरू प्राप्त गर्नेछन् ।
विद्युतीय सवारीप्रतिको रुचि बढ्दो क्रममा रहेको वर्तमान परिवेशमा नामी इभी सुलभ र आधुनिक विकल्प बन्न पुगेको छ ।
बेस्ट–इन–क्लास फिचरहरू, इम्प्रेसिभ ड्राइभिङ रेञ्ज र स्मार्ट मूल्यका कारण नामी ग्राहकहरुको रोजाइ बन्न सफल भएको छ । सुपथ मूल्यमा लक्जरी, आधुनिक डिजाइन र प्रविधिको सुन्दर संयोजन पस्कन सक्ने क्षमताले नामीलाई विद्युतीय सवारी चाहनेहरूको नजरमा झनै विश्वसनीय बनाएको छ ।













