Wednesday, April 22, 2026
spot_img
spot_img

टाट पल्टियो NETA EV उत्पादन गर्ने माउ कम्पनी होजोन, नेपालमा के असर पर्ला ?

spot_img
spot_img

नेटा ब्रान्डका विद्युतीय गाडीहरू उत्पादन गर्ने चिनियाँ सवारी निर्माता कम्पनी होजोन न्यू एनर्जी अटोमोबाइल टाट पल्टिएर बैंकक्रप्ट अर्थात् दामासाही प्रक्रियामा प्रवेश गरेको छ ।  चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार, जुन १९, २०२५ मा होजोनले दामासाही प्रक्रिया सुरु गरेको हो। यो समाचारले नेपालमा नेटा गाडीको आयात र बिक्री गर्ने चौधरी ग्रुप (सीजी मोटर्स) लाई समेत प्रभावित गर्ने देखिएको छ।

होजोन न्यू एनर्जी अटोमोबाइलले करिब १० अर्ब युआन (१.४ अर्ब अमेरिकी डलर) को ऋण बोकेको छ। गत मे महिनामा शाङ्घाईस्थित यक्सिङ एड्भरटाइजिङ कम्पनीले होजोनविरुद्ध ५३ लाख युआन (लगभग ७ लाख ३० हजार अमेरिकी डलर) को भुक्तानी नगरेको भन्दै दामासाही प्रक्रियाको लागि अदालतमा निवेदन दिएको थियो। जेजियाङ प्रान्तको जियाक्सिङ अदालतले यो मुद्दालाई स्वीकार गरी जेजियाङ जिचेङ ल फर्मलाई प्रशासकको रूपमा नियुक्त गरेको छ।

होजोनले आफ्नो पुनर्संरचना प्रक्रियालाई अगाडि बढाइरहेको दाबी गरेको छ। कम्पनीले ऋणलाई इक्विटीमा रूपान्तरण गर्ने, नयाँ लगानीकर्ताहरू भित्र्याउने र व्यवस्थापनमा सुधार गर्ने योजना बनाएको बताएको छ। यद्यपि, शाङ्घाईमा नेटाका धेरै शोरूमहरू बन्द भएका छन्, र कर्मचारीहरूले गत नोभेम्बर २०२४ देखि तलब नपाएको भन्दै विरोध प्रदर्शन गरेका छन्।

होजोनले पुनर्संरचनामार्फत आफ्नो व्यवसायलाई निरन्तरता  गर्ने प्रयास गरिरहेको छ। कम्पनीले नयाँ लगानीकर्ताहरू भित्र्याउने, उत्पादन र अनुसन्धान कार्य पुन: सुरु गर्ने, र अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने योजना बनाएको छ। तर, हालको आर्थिक अवस्था र कर्मचारी तथा आपूर्तिकर्ताहरूसँगको विवादले यी योजनाहरू सफल हुने सम्भावना कमजोर देखिएको चिनियाँ सञ्चारमाध्यमहरुले बताएका छन्।

चिनियाँ सञ्चारमाध्यमका अनुसार, होजोनले नेटा ब्रान्डलाई बचाउन नयाँ रणनीतिक लगानीकर्ताहरू खोज्ने र व्यवस्थापनमा ठूलो परिवर्तन गर्ने सम्भावना छ। यदि यी प्रयासहरू असफल भएमा, कम्पनी पूर्ण रूपमा बन्द हुने जोखिम छ, जसले नेटा ब्रान्डको विश्वव्यापी बजारमा प्रभाव पार्नेछ।

नेपालमा चौधरी ग्रुपको सहायक कम्पनी सीजी मोटर्सले नेटा गाडीहरूको आयात र बिक्री गरिरहेको छ। तर, होजोनको दामासाही प्रक्रियाले नेपालमा नेटा गाडीका ग्राहकहरूलाई ठूलो असर पार्न सक्ने देखिन्छ। विशेषगरी, स्पेयर पार्ट्सको उपलब्धता र बिक्रीपछिको सेवामा समस्या देखिन सक्छ। नेपाली उपभोक्ताहरूले नेटा गाडीहरूको मर्मत र स्पेयर पार्ट्सको अभावको सामना गर्नुपर्ने हुन सक्छ।

उदाहरणका लागि, थाइल्याण्डमा नेटा गाडीका मालिकहरूले स्पेयर पार्ट्सको अभावमा १० महिनासम्म मर्मतको लागि पर्खनुपरेको अनुभव सुनाएका छन्। नेपालमा पनि यस्तै समस्या देखिन सक्छ, जसले उपभोक्ताहरूलाई आर्थिक र व्यावहारिक रूपमा प्रभावित गर्न सक्छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

समस्याग्रस्त ११ सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिर्नेको सम्पत्ति लिलाम हुने 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीहरूका...

राफेको उत्पादन नेपाली बजारमा भित्रियो, रिप्लेसमेन्टको सुविधा

राफे इन्टरनेशनल ट्रेडिङ (एलएलसी) का उत्पादनहरू नेपाली बजारमा भित्रिएका...

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २६ देखि, इभेन्ट व्यवस्थापक छनोट गर्न आवेदन माग

नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिशयन (नाइमा)ले दोस्रो संस्करणको...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त...
spot_img