नेपालका लागि एमजी मोटर्सको आधिकारिक वितरक तथा आयातकर्ता कम्पनी पारामाउन्ट मोटर्स प्रा.लि.ले ग्राहकहरूको लागि उत्कृष्ट बतभच(क्बभिक सर्भिस अर्थात बिक्री पछिको सेवा प्रदान गर्ने प्रतिवद्धता पुनः दोहोर्याएको छ । कम्पनीले एकैपटक १ सय भन्दा बढी स्पेयर पार्ट्सहरूको मूल्य औसतमा ३० प्रतिशतका दरले घटाएको हो ।
एमजीका सबै ग्राहकहरूलाई सस्तो र सहज सेवा उपलब्ध गराउने घोषणा अनुसार कम्पनीले स्पेयर पार्ट्सहरूको मूल्य घटाएको जनाएको छ ।
कम्पनीले विश्वास र गुणस्तरमा आधारित ब्रान्डको रूपमा एमजी मोटर्स रहेको र यसअनुसार ग्राहकहरूको बढ्दो अपेक्षा सहज गराउँदै किफायती सेवा प्रदान गर्ने प्रयास गर्दै आएको बताएको छ । यो उद्देश्यका साथ पारामाउन्ट मोटर्सले आफ्नो लजिस्टिक्स प्रक्रिया पुनरावलोकन गरी एमजीको आपूर्ति श्रृंखलासँग समन्वय गरेर खर्च घटाएको र यसको फाइदा सिँधै ग्राहकहरूलाई पुग्ने कम्पनीको विश्वास छ ।
एमजी मोटर्स नेपालले सेवा पहुँचलाई राष्ट्रव्यापी बनाउन निरन्तर लगानी गर्दै आएको छ । काठमाडौँ उपत्यकामा ३ वटा पूर्ण सुविधायुक्त सर्भिस सेन्टर र देशभर फैलिएको डिलरशिप नेटवर्कमा १२ भन्दा बढी अतिरिक्त सर्भिस सेन्टरको साथ कम्पनीले ग्राहकहरूलाई अद्वितीय सहजता र सहयोग प्रदान गर्दै आएको जनाएको छ ।
‘एमजी मोटर्स नेपालमा हाम्रा ग्राहकहरूको विश्वासले नै हाम्रो निर्णयहरूलाई मार्गदर्शन गर्छ’ पारामाउण्टका प्रवक्ताले भने, ‘हामीले स्पेयर पार्ट्सको मूल्य घटाउनु र सेवा पहुँच विस्तार गर्नु केवल ग्राहकहरूको अपेक्षा पूरा गर्ने मात्र होइन, तर यसलाई अझै बढाउने प्रयास हो । यो केवल सुरुवात हो र हामी अझै थप लागत घटाएर स्पेयर पार्ट्सको मूल्यमा संशोधन गर्न निरन्तर प्रयासरत छौं ।’













