इलेक्ट्रिक युटिलिटी प्रोभाइडर कम्पनी अटो पार्लर प्रा.लि. सञ्चालनमा आएको छ । विभिन्न ब्राण्डका विद्युतीय गाडी (ईभी) हरूका प्रिमियम एसेसोरिजहरू एउटै छानामुनिबाट उपलब्ध गराउने लक्ष्यका साथ काठमाडौंको कालोपुलमा अटो पार्लर सञ्चालनमा आएको हो ।
कम्पनीले ईभी गाडीहरूका लागि आवश्यक पर्ने सम्पूर्ण एसेसोरिजहरू अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको गुणस्तरमा उपलब्ध गराउने कम्पनीका प्रबन्ध निर्देशक राजिब केसीले जानकारी दिए । वातावरणमैत्री यातायात प्रवद्र्धनमा समेत योगदान पुर्याउने गरी सञ्चालनमा आएको अटो पार्लरले ईभीका प्रिमियिम एसेसोरिजहरू उपलब्ध गराउनुका साथै फिटिङ र बिक्रीपछिको सेवासमेत उपलब्ध गराउने छ ।
केसीका अनुसार अटो पार्लरले तत्कालका लागि विभिन्न ब्राण्ड र मोडलअनुसारको एसेसोरिजहरू उपलब्ध गराएको छ । प्रबन्ध निर्देशक केसीका अनुसार अहिले कम्पनीले बीवाईडी डल्फिन, बीवाईडी एट्टो–थ्री, एमजी फोर, दीपल, आयोन–वाई, नामी, एक्सपेङ जी–सिक्स, लिप मोटर, ओमोडा र ओरा गुड क्याटलगायत गाडीका सम्पूर्ण एसेसोरिजहरू प्रिमियम क्वालिटीमा उपलब्ध छन् ।
‘अहिले नेपाली बजारमा धेरै चलेका चिनियाँ कारहरूको एसेसोरिज उपलब्ध गराएका छौँ । भविष्यमा जुन–जुन ब्राण्डले नेपाली बजारमा प्रभुत्व जमाउँदै जान्छन्, तिनै गाडीका एसेसोरिजहरूको उपलब्धता बढाउँदै जानेछौँ,’ प्रबन्ध निर्देशक केसीले भने ।
उनका अनुसार अटो पार्लरमा मिरर कभर, डोल ह्याण्डिल, कभर, ह्याण्डिल वाउल, सिट कभर, स्टेरिङ कभर, नेभिगेसन ग्लास प्रोटेक्टर, डोर सिल गार्ड, मोटर एण्ड ब्याट्री प्रोटेक्शन प्लेट, रनिङ बोर्ड, जेन्युयुन ३६) क्यामेरालगायत एसेसोरिजहरू उपलब्ध छन् । यसका अलावा आईसीई गाडीका एसेसोरिजसमेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
अटो पार्लरमा ग्राहकलाई उपयुक्त एसेसोरीज छनोट गर्न प्राविधिक सहयोगसमेत उपलब्ध गराइने छ । गाडी तथा मोटरसाइकलको पर्याप्त पार्किङ सुविधासहित सञ्चालनमा ल्याइएको अटो पार्लरमा ग्राहकले पर्याप्त समय लिएर आफूलाई चाहिने सामान खरिद गर्नुका साथै सँगै बसेर फिटिङ गराउनसमेत सक्नेछन् ।













