Wednesday, April 22, 2026
spot_img
spot_img

रिकन्डिसन अटो व्यवसायी संघद्वारा ‘अटो व्यवसायी दिवस’को सुरुवात, बृहत रक्तदान र सरसफाइ

spot_img
spot_img

नेपाल रिकन्डिसन अटो व्यवसायी संघले यस वर्षदेखि मनाउन सुरु गरेको ‘अटो व्यवसायी दिवस’को अवसरमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ । संघले रेडक्रस सोसाइटी सँगको सहकार्यमा रक्तदानसँगै सरसफाई कार्यक्रमसमेत आयोजना गरेको संघका अध्यक्ष रमेश कोइरालाले जानकारी दिए ।

अध्यक्ष कोइरालाको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा यातायात व्यवस्था कार्यालय ललितपुरको प्राङ्गणमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा कुल ७० जनाले रक्तदान गरेका छन् ।

संघले स्थापना कालदेखि नै यस्ता सामाजिक काम गर्दै आएको र अहिलेको रक्तदान, सरसफाई पनि सोही सामाजिक कामकै निरन्तरता भएको बताएको छ । आगामी दिनमा अझ प्रभावकारी रुपमा यस्ता सामाजिक गतिविधि अघि बढाउँदै जाने र संघका सदस्यहरुको क्षमता विकासमा थप प्रभावकारी कदम चाल्दै जाने अध्यक्ष कोइरालाले प्रतिवद्धता जनाएका छन् ।

संघले हरेक वर्षको जेठ २६ गतेलाई ‘अटो व्यवसायी दिवस’का रूपमा मनाउने निर्णय गरे बमोजिम यस वर्षबाट औपचारिक रुपमा यस दिवसको शुभारम्भ भएकोमा अध्यक्ष कोइरालाले अटोमोबाइल्स व्यवसायीहरु सबैलाई बधाई समेत दिएका छन् । उनले सेकेन्डह्याण्ड अटोमोबाइल्स व्यवसायीहरुलाई एकतावद्ध बनाउन यस दिवसले महत्वपूर्ण भूमीका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।

उनले व्यवसायीहरूलाई आन्तरिक असन्तुष्टिमा नलागी संघमार्फत सबै व्यवसायीहरूको साझा उद्देश्यमा केन्द्रित हुन आग्रह पनि गरेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

समस्याग्रस्त ११ सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिर्नेको सम्पत्ति लिलाम हुने 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीहरूका...

राफेको उत्पादन नेपाली बजारमा भित्रियो, रिप्लेसमेन्टको सुविधा

राफे इन्टरनेशनल ट्रेडिङ (एलएलसी) का उत्पादनहरू नेपाली बजारमा भित्रिएका...

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २६ देखि, इभेन्ट व्यवस्थापक छनोट गर्न आवेदन माग

नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिशयन (नाइमा)ले दोस्रो संस्करणको...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त...
spot_img