Wednesday, April 22, 2026
spot_img
spot_img

BMW iX2 इलेक्ट्रिक SAV अब नेपालमा, यस्ता छन् विशेषता

spot_img
spot_img

नेपालमा BMW गाडीको एकमात्र आधिकारिक आयातकर्ता तथा डिलर लक्ष्मी प्रिमियम मोटर्सले नयाँ BMW iX2 SAV (स्पोर्ट्स एक्टिभिटी भेइकल) भित्राएको छ । नयाँ BMW iX2 ले नेपालमा विद्युतीय सवारी र दिगो यात्राप्रति BMW को प्रतिबद्धता दर्शाउँने कम्पनीले जनाएको छ। आकर्षक डिजाइन र स्मार्ट सिस्टमको संयोजन रहेको यस मोडलले नयाँ प्रविधि र दिगोपन रोज्ने ग्राहकहरुलाई उत्कृष्ट विकल्प प्रदान गर्ने कम्पनीले उल्लेख गरेको छ।

BMW ले आफ्नो इलेक्ट्रिक लाइनअप विस्तार गर्दै BMW iX2 eDrive20 सार्वजनिक गरेको हो । यस गाडीले अधिकतम १५० kW / २०४ hp (अस्थायी बुस्टसहित) पावर उत्पादन गर्छ भने यसको रेन्ज ४३० देखि ४७५ किलोमिटरसम्म (WLTP प्रारम्भिक अनुमान अनुसार) रहेको छ । कम उर्जा खपत (प्रति १०० किमी १७ . २ देखि १५.४ kWh) र शून्य उत्सर्जन भएको यो गाडीले प्रिमियम कम्प्याक्ट SAV सेग्मेन्टमा उत्कृष्ट रोजाई प्रदान गर्दछ ।

कम्पनीका अनुसार अन्य BMW इलेक्ट्रिक गाडीहरूजस्तै, नयाँ BMW iX2 मा पनि पाँचौ पुस्ताको BMW eDrive प्रविधि प्रयोग गरिएको छ । यसले २५० Nm टर्क उत्पादन गर्छ र ८.६ सेकेन्डमा ० देखि १०० किमी / घण्टाको गतिमा पुग्न सक्छ । यसको अधिकतम गति १७० किमी / घण्टा रहेको छ। ब्याट्रीको स्थान र तौल सन्तुलनलाई ध्यानमा राखी गाडीको फ्लोरमा राखिएको हाई भोल्टेज ब्याट्रीले ६६.५ kWh उर्जा प्रदान गर्दछ । यसमा रहेको आधुनिक मोटरले कम उर्जा खपत गरी अन्य गाडीहरूभन्दा धेरै दूरीसम्म चल्न सक्षम बनाउँने कम्पनीले जनाएको छ ।

कम्पनीले भनेको छ ‘BMW X2 मा चार्जिङको लागि प्रशस्त विकल्पहरु रहेका छन् । यसमा रहेको Combined Charging Unit ले ११ kW सम्मको AC चार्जिङ सपोर्ट गर्दछ । छिटो चार्जिङको लागि १३० kW सम्मको DC चार्जिङ पनि उपलब्ध छ । स्मार्ट थर्मल प्रि- कन्डिसनिङ’ र एडभान्स्ड चार्जिङ सफ्टवेयरले चार्जिङ स्पिड र ब्याट्रीको आयु दुवैलाई लामो समयसम्म कायम राख्छ ।’

कम्पनीका अनुसार BMW iX2 मा लक्जरी इन्टेरियर फिचरहरू समावेश छन्, जस्तै मोका रङको Vernasca लेदर सिट, प्यानोरामिक ग्लास रूफ, २-जोन अटोमेटिक एसी, र १२ स्पिकरको Harman Kardon साउन्ड सिस्टम | डाइनामिक ब्रेक कन्ट्रोल र अटो होल्ड सहित अत्याधुनिक सुरक्षा प्रणाली BMW iX2 को सुरक्षा र सहायक प्रणालीहरू पनि अत्याधुनिक छन् । सुरक्षित यात्राको यसमा सवारी चालक र यात्रुका लागि एयरब्याग, डाइनामिक ब्रेक कन्ट्रोल (DBC), अटो होल्ड फड्सनसहितको इलेक्ट्रोमेकानिकल पार्किङ ब्रेक र इन्टेग्रेटेड ब्रेकिङ सिस्टम राखिएको छ । साथै ड्राइभ अफ असिस्टेन्ट र अटेन्टिभनेस असिस्टेन्टले सहरको ट्राफिक र लामो यात्रा दुवैलाई सुरक्षित, सहज र तनाव रहित बनाउँछ ।

काठमाडौं, तीनकुनेमा रहेको आफ्नो अत्याधुनिक शो-रूमबाट लक्ष्मी प्रिमियम मोटर्सले हाल BMW X1, X2, X3, ×4, X7, iX1 (ब्याट्री इलेक्ट्रिक ), iX3 (ब्याट्री इलेक्ट्रिक ), 5 Series (प्लग-इन हाइब्रिड), X5 ( प्लग-इन हाइब्रिड ) र 7 Series जस्ता मोडलहरू उपलब्ध गराइरहेको छ । नयाँ BMW ix2 को आगमनसँगै नेपालमा प्रिमियम इलेक्ट्रिक गाडीको क्षेत्रमा BMW ले आफ्नो उपस्थिति अझ बलियो बनाउनुको साथै डिजाइन, प्रविधि र वातावरणीय जिम्मेवारीको नयाँ उदाहरण प्रस्तु गरेको कम्पनीले जनाएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

समस्याग्रस्त ११ सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिर्नेको सम्पत्ति लिलाम हुने 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीहरूका...

राफेको उत्पादन नेपाली बजारमा भित्रियो, रिप्लेसमेन्टको सुविधा

राफे इन्टरनेशनल ट्रेडिङ (एलएलसी) का उत्पादनहरू नेपाली बजारमा भित्रिएका...

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २६ देखि, इभेन्ट व्यवस्थापक छनोट गर्न आवेदन माग

नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिशयन (नाइमा)ले दोस्रो संस्करणको...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त...
spot_img