Wednesday, April 22, 2026
spot_img
spot_img

एमजीको ‘लाइन अप’ मा नयाँ मोडलका रुपमा U9 थपियो

spot_img
spot_img

एमजीको नयाँँ ट्यूब मोडेल U9 अन्तर्राष्ट्रिय बजारमा आउने भएको छ । एमजीको ट्यूब मोडेल U9 ले अष्ट्रेलियामा डिजाइन अनुमति पाएको हो ।

अस्ट्रेलियामा आफ्नो डिजाइन अनुमति प्राप्त गरेसँगै एमजीको ‘लाइन अप’मा नयाँ मोडल थप भएको हो । २०२५ को चौथो त्रैमासमा अष्ट्रेलियामा यो गाडी लन्च हुने तय भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सार्वजनिक भए अनुसार यू९ मोडल दुई भेरियन्टमा उपलब्ध हुने छन् । दुबै भेरियन्टको नाम भने अहिलेसम्म खुलाइएको छैन ।

यी दूबै भेरियन्टमा २.५ लिटरको चार सिलिन्डर टर्बो डिजेल इन्जिन हुन्छ । ८ स्तरको आटोमेटिक गियर बोक्स र आटोमेटिक चार ड्राइभ प्रणाली भएको यो गाडी फोर्ड रेन्जर भन्दा लामो र चौडा छ । यसको लम्बाई ५५०० मिलिमिटर, चौडाई १९९७ मिलिमिटर र उचाई १८६० मिलिमिटर छ ।

यसमा ड्राइभरको लागि मास्याजिङ बेञ्जिन, स्टोरेज र चालकको लागि फ्लेक्सिबल सिट, जीबिएल साउन्ड सिस्टम जस्ता विशेषता छन् ।

अहिले यो गाडी डिजेल इन्जिनमा आउने र भविष्यमा प्लग इन हाइब्रिड विकल्पमा पनि आउन सक्ने बताइन्छ । अन्तर्राष्ट्रिय बजारमा यो मोडल आउँदा एमजीले नयाँ उचाई कायम गर्ने विश्वास गरिएको छ ।

उपभोक्तालाई रोजाईमा थप सहजता प्रदान गर्ने र गुणस्तरीय तथा किफयती सेवा उपलब्ध गराउन एमजीको नयाँ मोडलले थप विश्वास जित्ने बताइएको छ ।

नेपालमा पारामाउण्ट मोटर्सले एमजीका गाडीको आयात तथा बिक्री वितरण गर्दै आएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

समस्याग्रस्त ११ सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिर्नेको सम्पत्ति लिलाम हुने 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीहरूका...

राफेको उत्पादन नेपाली बजारमा भित्रियो, रिप्लेसमेन्टको सुविधा

राफे इन्टरनेशनल ट्रेडिङ (एलएलसी) का उत्पादनहरू नेपाली बजारमा भित्रिएका...

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २६ देखि, इभेन्ट व्यवस्थापक छनोट गर्न आवेदन माग

नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिशयन (नाइमा)ले दोस्रो संस्करणको...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त...
spot_img