Wednesday, April 22, 2026
spot_img
spot_img

नेपालमा सिएट टायरको ‘रिटेलर मिट’ सम्पन्न

spot_img
spot_img

नेपालका लागि सिएट टायरको आधिकारिक वितरक एसटिसी अटो प्रा.लि.ले रिटेलर मिट सम्पन्न गरेको छ । कम्पनीले सिएट टायर इण्डियाका प्रतिनिधी, एसटिसी अटोका सञ्चालक र रिटेलर सहितको मिट सम्पन्न गरेको हो ।

कार्यक्रममा एसिटीसी अटोका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार उप्रेतीले सिएट टायर नेपाली बजारमा उपभोक्ताको रोजाइमा रहँदै आएको जनाउँदै टु–ह्विलर सेग्मेन्टमा पहिलो नम्बरमा रहेको बताए । ‘सिएट टायरका सबै मोडल नेपाली बजारमा अधिक माग रहेका टायरमा पर्छन्, टु–ह्विलरदेखि प्यासेन्जर कार, कमर्सियल भेहिकल र हेभी इक्विपमेन्टसम्ममा प्रयोग हुने सबै खालका टायर हामीले नेपाली बजारमा उपलब्ध गराउँदै आएका छौँ’ उनले भने, ‘सिउट टायरको गुणस्तर र हाम्रा रिटेलर साथीहरुले दिनु भएको साथका कारण हामी टु–ह्विलर सेग्मेन्टमा नम्वर वान बन्न सफल भएका छौँ ।’

सिएट टायर इण्डियाका इन्टरनेशनल विजनेस हेड रजनिश कुमार शाहले पनि टु–ह्विलर सेग्मेन्टमा सिएट टायर भारत र नेपालमा नम्वर वान रहेको बताए । उनका अनुसार सिएट टायरका विभिन्न देशमा रहेका प्लान्टमार्फत कम्पनीले वार्षिक १ करोड ५० लाख टायर उत्पादन गर्दै आएको छ । सिएट टायर अहिले विश्वका १३० भन्दा बढि देशमा बिक्री हुँदै आएको छ ।

सिएटको नेपालका लागि कन्ट्रि म्यानेजर अरुणकुमार सेनले नेपालमा सिएट टायरको बजार हिस्सा हरेक वर्ष बढ्दै गएको बताए ।

सन् १९२४ मा इटालीबाट उत्पादन सुरु गरेको सिएट विश्व टायर बजारमा पुरानोमध्ये एक ब्रान्डका रुपमा परिचित छ । यसको स्वामित्व सन् १९८२ मा भारतको आरपीजी ग्रुपले लिएको हो ।

सिएटले विभिन्न प्रतिष्ठित अवार्ड समेत हात पारिसकेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

समस्याग्रस्त ११ सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिर्नेको सम्पत्ति लिलाम हुने 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीहरूका...

राफेको उत्पादन नेपाली बजारमा भित्रियो, रिप्लेसमेन्टको सुविधा

राफे इन्टरनेशनल ट्रेडिङ (एलएलसी) का उत्पादनहरू नेपाली बजारमा भित्रिएका...

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २६ देखि, इभेन्ट व्यवस्थापक छनोट गर्न आवेदन माग

नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिशयन (नाइमा)ले दोस्रो संस्करणको...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त...
spot_img