Wednesday, April 22, 2026
spot_img
spot_img

१० महिनामा ९ हजार ८५० युनिट ईभी आयात, १४ अर्ब २४ करोड राजस्व उठ्यो

spot_img
spot_img

चालु आर्थिक वर्षको १० महिनाको अवधिमा झण्डै १० हजार युनिट विद्युतीय गाडी नेपाल भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को १० महिना (साउनदेखि बैशाखसम्म)मा ९ हजार ८५० युनिट ईभी नेपाल भित्रिएका हुन् ।

भन्सारको तथ्यांक अनुसार यस अवधिमा ५० किलोवाट सम्मका ३ हजार ३६९ युनिट ईभी आयात हुँदा ५१ देखि १०० किलोवाट सम्मका ५ हजार ५३४ युनिट ईभी भित्रिएका छन् । यस्तै, १०१ देखि २०० किलोवाट सम्मका ९२७ युनिट, २०१ सय देखि ३०० किलोवाट सम्मका १८ युनिट र ३ सय किलोवाट माथि क्षमताका २ युनिट ईभी नेपाल भित्रिएको भन्सारको तथ्यांक छ ।

यस अवधिमा भित्रिएका कुल ९ हजार ८५० युनिट ईभीको मूल्य २३ अर्ब ९ करोड ९३ लाख २२ हजार बराबर रहेको भन्सारको तथ्यांकमा उल्लेख गरिएको छ । यी गाडी आयात हुँदा सरकारले १४ अर्ब २४ करोड ७९ लाख ७९ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

समस्याग्रस्त ११ सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिर्नेको सम्पत्ति लिलाम हुने 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीहरूका...

राफेको उत्पादन नेपाली बजारमा भित्रियो, रिप्लेसमेन्टको सुविधा

राफे इन्टरनेशनल ट्रेडिङ (एलएलसी) का उत्पादनहरू नेपाली बजारमा भित्रिएका...

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २६ देखि, इभेन्ट व्यवस्थापक छनोट गर्न आवेदन माग

नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिशयन (नाइमा)ले दोस्रो संस्करणको...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त...
spot_img