Wednesday, February 11, 2026
spot_img

बजाजको नयाँ अफर: नागरिकताको आधारमा नयाँ बाइक, एक्सचेन्जमा थप १० हजार भ्यालुएसन 

spot_img
spot_img

बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द्र एण्ड कम्पनी प्रालिले ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ योजना ल्याएको छ। कम्पनीले यही २०८२ वैशाख २६ गतेदेखि जेठ १ गतेसम्म महाबिर चोक (धरान रोड), विराटनगरमा मेला आयोजना गर्न लागेको हो ।

यस मेलामा ग्राहकहरूले नागरिकताको आधारमा मात्र बजाजको बाइक किन्न सक्नेछन् , ०% सर्भिस चार्ज, अन द स्पट फाइनान्स, थप रु. १०,००० सम्मको अतिरिक्त भ्यालुएसन, निःशुल्क एक्सेसोरिज र ‘खुशीको मिटर’ योजनाअन्तर्गत नगद र उपहार जित्ने अवसर पाउने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यस पटकको एक्सचेन्ज मेलामा ग्राहकहरूको पुरानो बाइकको उचित र उच्च मूल्यांकन गर्न काठमाडौंबाट विशेष भ्यालुएटरहरू आएका छन्। यी अनुभवी भ्यालुएटरहरूले ग्राहकहरूको बाइकको न्यायोचित मूल्यांकन गरी थप रु. १०,००० सम्मको बोनस भ्यालुए्सन दिनेछन्।

यसअघि मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो प्रक्रिया, जस्तैः घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आय स्रोतको सर्टिफिकेट लगायतका कागजातको आवश्यकतालाई यो योजनाले पूर्ण रूपमा हटाएको छ। किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टाभित्रै ऋण पास गरेर सरल फाइनान्समार्फत् यो सुविधा पाउने कम्पनीले जनाएको छ।

विराटनगरको महाबिर चोकमा आयोजना हुने ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ नेपालको बृहत् मोटरसाइकल एक्सचेन्ज योजना हो। यस योजना अन्तर्गत ग्राहकहरूले आफ्ना पुराना बाइकहरूको उच्चतम् भ्यालुएसन प्राप्त गरी बजाजका नयाँ मोडेलहरू सजिलै किन्न पाउनेछन्। साथै, ‘खुशीको मिटर’ अन्तर्गत उत्सुक ग्राहकहरूले नगद र उपहार जित्ने मौका पाउनेछन्।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिद्धार्थ फर्मास्युटीकल्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

सिद्धार्थ फर्मास्युटीकल्स लिमिटेडले प्राथमिक शेयर निष्कासन (IPO) निष्काशन गर्ने...

पाल्पा सिमेन्टको स्थानीयको आईपीओ बाँडफाँड, लगानीकर्ताले ९० कित्तासम्म पाए शेयर

पाल्पा सिमेन्ट इण्डष्ट्रीजले आयोजना प्रभावित स्थानीयको लागि निष्काशन गरेको...

डिजिटल ट्रान्सफर्मेसनको लागि विश्व बैंकले ७ अर्ब दिने, नागरिक एपलाई ४ मिलियन डलर

विश्व बैंकले नेपालको डिजिटल सार्वजनिक पूर्वाधारलाई मजबुत बनाउन र...

अघि बढ्ने भयो एसएमई कम्पनीको आईपीओ, नेप्सेले स्वीकृतिको लागि पठायो विनियमावली

नेपाल स्टक एक्सचेन्ज नेप्सेले 'साना तथा मझौला संगठित संस्थाको...

फिल्म पर्यटन प्रवर्धन गर्ने उदेश्यसहित पर्यटन र चलचित्र विकास बोर्डबीच समझदारी

नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डबीच नेपाललाई ‘अन्तर्राष्ट्रिय...

आयल निगम आफैँले बेच्न थाल्यो ग्यास, कुन कुन कम्पनीको पाइन्छ ?

केही दिनयता बजारमा खाना पकाउने ग्यासको अभाव भएको चर्चा...
spot_img