नेपालमा गुड्छन् नेपालमै बनेका ५०० युनिट भेन्यू र ९० युनिट क्रेटा

spot_img
spot_img

नेपालमै एसेम्बल भएका गाडीको संख्या ५ सय नाघेको छ । बिजनेश पानासँगको कुराकानीमा लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाले केही दिन अगाडी नेपालमै एसेम्बल भएको हुण्डाईको भेन्यू ५ सय बढी युनिट बिक्री भइसकेको जनाएका थिए । यस्तै, गत महिनाबाट मात्रै नेपालमै एसेम्बल भएर बजारमा आएको क्रेटा पनि ९० युनिट जति उपभोक्तालाई हस्तान्तरण गरिसकिएको उनको भनाइ थियो ।

आज आइतबार भन्सार विभागको तथ्यांकले पनि उक्त भनाइ पुष्टि गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८१/०८२ को ९ महिनामै ४ सय गाडी नेपालमै एसेम्बलका लागि भित्रिएका छन् । आर्थिक वर्ष २०८०/०८१ मा यस्ता अनएसेम्बल्ड गाडी २१० युनिट नेपाल भित्रिएका थिए । आर्थिक वर्ष २०७९/८० मा भने जम्मा ४ युनिट मात्रै ल्याइएको थियो ।

हुन्डाईले सुरुमा भेन्यू एसयूभीबाट नेपालमै एसेम्बल थालेको थियो । गत महिनाबाट लक्ष्मी ग्रुपले हुण्डाइको सर्वाधिक सफल मोडल क्रेटाको पनि आईसी प्लेटफर्मको नेपालमै एसेम्बल सुरु गरेको छ । महाप्रबन्धक थपलियाका अनुसार अब आई१० पनि एसेम्बल गर्ने तयारी भइरहेको छ ।

उनका अनुसार सहुलियत पाएको खण्डमा लक्ष्मी ग्रुपले ईभीको पनि एसेम्बल गर्न सक्ने क्षमता राख्छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले एसेम्बल सपका १४ मध्ये २ वटा स्टेशन ईभीका लागि राखेको छ ।

सरकारले नेपालमै एसेम्बल गर्ने गाडीको अन्तःशुल्कमा ५० प्रतिशतसम्म छुट दिएपछि लक्ष्मी ग्रुपले नेपालमै हुण्डाईका भेन्यू र क्रेटाको एसेम्बल गर्दै आएको छ । अहिले नेपालमै बनेको क्रेटाको माग उच्च रहेको छ । आयात गरेर ल्याइएको भन्दा नेपालमै एसेम्बल गरिएको क्रेटाको मूल्य ४ लाखदेखि ९ लाखसम्म सस्तो छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

घोप्टेभीरको पहिरो हटाइयो, पृथ्वी राजमार्ग दुइतर्फी सञ्चालनमा

सुख्खा पहिरो खसेर अवरुद्द भएको पृथ्वी राजमार्ग दुइतर्फी रुपमै...

तीन महिनामा ११ करोड ६८ लाखको तास आयात

तिहारको बेला तास खेल्ने प्राचीन चलन छ । तर,...

बढ्यो सुनचाँदीको भाउ

आज सोमबार सुनको भाउ बढेको छ । आइतबार प्रतितोला...

लक्ष्मीपूजाको दिन साँझ ५८७.३० मेगावाट विद्युत् भारत निर्यात

प्राकृतिक विपद्का कारण विद्युत् उत्पादन तथा प्रसारण प्रणालीमा गम्भीर...

‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित

तन्त्रविद् सन्दीप सापकोटाद्वारा अनुवाद तथा सम्पादन गरिएको प्राचीन तान्त्रिक...