Wednesday, April 22, 2026
spot_img
spot_img

बीवाइडीका गाडीमा ‘कम्प्रिहेन्सिभ एक्सटेन्डेड वारेन्टी’, पूराना ग्राहक पनि लाभान्वित

spot_img
spot_img

बिवाइडीको विद्युतीय गाडी किनेका ग्राहकहरुले वारेन्टीमा लाभ प्राप्त गर्ने भएका छन् । नेपालका लागि बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले आफ्ना ईभीमा वारेन्टी अवधि बढाएसँगै पूराना ग्राहकसमेत लाभान्वित हुने भएका हुन् ।

कम्पनीले नेपालमा बिक्री भएका सबै बिवाइडी ईभीमा व्यापक विस्तारित वारेन्टी (कम्प्रिहेन्सिभ एक्सटेन्डेड वारेन्टी) लागू गर्ने घोषणा गरेको हो । यस अनुसार अब बिवाइडीका ब्याट्री, मोटर, होल भेहिकल र पार्टस् सबैको वारेन्टी अवधि बढाइएको छ ।

कम्पनीले ब्याट्रीको वारेन्टी थप २ वर्ष बढाएको छ । हाल ब्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी रहँदै आएकोमा अब १० वर्ष वा २ लाख किलोमिटर वारेन्टी पाइनेछ ।

मोटरमा पनि हाल ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी रहेकोमा अब १० वर्ष वा २ लाख किलोमिटर पुर्याइएको छ ।

कम्पनीले लाइट, टायर प्रेसर मोनिटरिङ मोड्युल, सस्पेन्सन र बल ज्वाइन्ट लगायतका कम्पोनेन्टमा हाल कायम ४ वर्ष वा १ लाख किलोमिटरको वारेन्टीलाई बढाएर ५ वर्ष वा १ लाख २५ हजार किलोमिटर बनाएको छ ।

कन्जुमेबल तथा आयल, चार्जिङ इक्वीपमेन्ट, गिफ्ट र रेफ्रिजेरेटर लगायतका पाटर्स् बाहेक सबै भेहिकल पाट्र्समा ६ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टीलाई बढाएर ७.५ वर्ष वा १ लाख ८७ हजार ५ सय किलोमिटरको कायम गरिएको साइमेक्सले जनाएको छ ।

साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले वारेन्टी एक्सटेन्डले ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने कम्पनीको प्रतिवद्धता झल्काएको बताएका छन् ।

‘हाम्रो यो एक्सटेन्डेड वारेन्टीले बीवाइडीको अत्याधुनिक विद्युतीय सवारी प्रविधिप्रति हाम्रो दृढ विश्वास र हाम्रा ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिवद्धता झल्काउँछ,’ उनले भने, ‘विद्युतीय सवारीतर्फको रुपान्तरण तीव्र गतिमा अगाडि बढिरहेको समयमा यो पहलले हाम्रा ग्राहकहरूमाझ दीर्घकालीन विश्वास र निष्ठा निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने हामीले विश्वास लिएका छौं ।’

बीवाइडीले हाल नेपालभर रहेका १३ भन्दा बढी अत्याधुनिक सर्भिस सेन्टर, ३० बढी चार्जिङ नेटवर्कमार्फत सेवा दिँदै आएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘ईभीको भाडा बढेको छैन’

डिजेल र पेट्रोलको मूल्यवृद्धि भएकाले सरकारले सार्वजनिक यातायातको भाडा...

तीव्र गतिका बलर खोज्दै वर्ल्डलिङ्कद्वारा ‘बीट द स्पीड’ सिजन–३ सुरु

WorldLink Communications Limited ले देशभरका उदीयमान तीव्र गतिका बलरहरूको...

कम्पनी रजिष्ट्रारको कार्यालयमा  AI Based Call Center संचालनमा

कम्पनी रजिष्ट्रारको कार्यालयले  AI Based Call Center संचालनमा ल्याएको...

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज बुधबार सुनको भाउ घटेको छ। मंगलबार प्रतितोला ३...

विद्युत प्राधिकरणले हाइड्रो आयोजनालाई RCOD थप गर्न बोलायो, ४ शर्त निर्धारण

नेपाल विद्युत प्राधिकरणले प्रवर्धकहरूलाई आयोजनाको RCOD थप गर्नको लागि...

सर्वोत्तम पेन्ट्सले वैशाख २१ गतेदेखि आईपीओ निष्काशन गर्ने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई वैशाख...
spot_img