कम्पनी रजिष्ट्रारको कार्यालयले AI Based Call Center संचालनमा ल्याएको छ । कार्यालयले प्रदान गर्ने सेवाहरु तथा कार्यालयको बारेमा जानकारी दिन सक्ने गरी कल सेन्टर संचालनमा ल्याईएको र यो सेवा २४ सै घण्टा उपलब्ध रहेको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार कल सेन्टरले कम्पनी प्रशासन, कार्यालयले प्रदान गर्ने सेवा र यसको प्रकृया, कागजात लगायत कार्यालयका कर्मचारीहरुको Extention नम्वर सहित सवै विषयमा जानकारी दिन्छ । यसका लागि ९७००००४४१४ नम्वरमा कल गरी आफ्ना जिज्ञासा राख्न र समाधान लिन सकिन्छ । कम्पनी दर्ता तथा दर्ता पश्चातका क्रियाकलापमा यसले सहायता प्रदान गर्दछ ।
सेवाग्राहीलाई सम्बन्धित सवै विषयका सूचना जानकारी उपलब्ध गराउन सक्ने गरी क्रमशः ज्ञान थप गर्दै परिस्कृत र परिमार्जित गरिँदै लगिने कार्यालयले जनाएको छ ।













