अटोमोबाइल्स बजारमा आएको नयाँ सस्था ‘नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन’ (नाइमा)ले साउन २१ गतेदेखि ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ । नाइमाले आज संस्थाको औपचारिक घोषणा गर्दै नेपाल मोबिलिटी एक्स्पोको पनि मिति घोषणा गरेको हो ।
नाइमाले काठमाडौँको भृकुटीमण्डपमा नेपाल मोबिलिटी एक्स्पो आयोजना गर्ने भएको हो । नाइमाले साउन २१ गतेदेखि २५ गतेसम्म मोबिलिटी एक्स्पो आयोजना गर्न लागेको हो ।
नाइमाले प्रदर्शनीका लागि स्टल बुकिङ समेत खुलाइसकेको छ ।













