एमजीको इन्टेलिभेन्ट क्रसओभर युटिलिटी भेहिकल (सीयूभी) ‘विन्डसर’ले भारतीय बजारमा २० हजार युनिट सेल गरेर महत्वपूर्ण कोशेढुङ्गा पूरा गरेको छ । भारतमा उत्पादन गरेको विन्डसर ईभी ६ महिनामै २० हजार युनिट बिक्री भएको हो ।
यो ईभी भारतमा फास्टेस्ट सेलिङ इलेक्ट्रीक भेहिकल मोडल समेत बनेको छ ।
एमजी विन्डसरमा ३८ किलोवाट आवरको ब्याट्रीप्याक तथा १०० किलोवाटको मोटर रहेको छ । यसको मोटरले १३६ पीएस पावर तथा २०० न्यूटन मिटरको टर्क जेनेरेट गर्ने बताइएको छ । यसले ३३२ किलोमिटरसम्मको रेन्ज दिने गरेको छ ।
एमजी मोटर्सको नेपालको लागि आधिकारिक विक्रेता प्यारामाउण्ट मोटर्सले विन्डसर नेपाल ल्याउँदैछ । आउँदो १५ दिनभित्र गाडी नेपाल आइपुग्ने बताइएको छ । बैशाखभित्रै यसको बिक्री सुरु हुन सक्ने देखिएको छ ।













