विद्युतीय गाडी स्काइवेलको नयाँ शोरुम काठमाडौँको नक्सालमा खुलेको छ । चिनियाँ ब्राण्ड स्काइवेलको नेपालका लागि आधिकारीक बिक्रेता जी मोटर्सले नक्सालमा नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।
जी मोटर्सले स्काइवेलको विद्युतीय एसयूभी ईटी–५ र बीई–११ मोडल नेपाली बजारमा बिक्री गर्दै आएको छ ।
स्काइवेलको ठूलो एसयूभी ईटी–५ मा ८६ किलोवाट आवरको ब्याट्रीमा उपलब्ध छ । यसको मूल्य १ करोड १० लाख रुपैयाँ तोकिएको छ ।
बीई–११ मा भने इन्ट्री भेरियन्टमा ५१ किलोवाट आवर र मध्यमको भेरियन्टमा ७१ किलोवाट आवरको ब्याट्री छ । जस अनुसार मूल्य पनि क्रमशः ७५ लाख ९० हजार र ८५ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।
अटो हब बन्दै गरेको नक्सालमा कम्पनीले नयाँ शोरुम सञ्चालनमा ल्याएपछि अब स्काइवेलका गाडी हेर्न र किन्न भक्तपूर जानुपर्ने बाध्यता हटेको छ ।