विद्युतीय दुइ पाङ्ग्रे (स्कुटर) अथरको टेस्ट ड्राइभ शोरुम काठमाडौँका बौद्धमा सञ्चालनमा आएको छ । वैद्य इनर्जीले मंगलबार बौद्धमा टेस्ट ड्राइभ शोरुम सञ्चालनमा ल्याएको हो ।
कम्पनीका अनुसार सो क्षेत्रका उपभोक्ता र ईभी स्कुटर प्रेमीहरुका लागि सहज होस् भनेर बौद्धमा शोरुम राखिएको हो । पर्यटकीय नगरी बौद्धमा शोरुम राख्दा कम्पनीले समेत आफूलाई नयाँ सिकाई हुन सक्ने बताएको छ ।
वैद्य इनर्जीले काठमाडौँका अन्य स्थानमा पनि शोरुम राख्ने लक्ष्य लिएको छ । हालसम्म काठमाडौँ उपत्यकामा बौद्धसहित ४ स्थानमा शोरुम सञ्चालनमा आइसकेका छन् । काठमाडौँ उपत्यका बाहिर पोखरा, बुटवल र चितवमा शोरुम सञ्चालनमा आइसकेका छन् ।