Thursday, April 23, 2026
spot_img
spot_img

श्रम मन्त्रालय र नाडाबीच तालिम सञ्चालन गर्ने सम्बन्धि समझदारी

spot_img
spot_img

प्रधानमन्त्री केपी शर्मा ओलिको प्रमुख आतिथ्यतामा सुरु भएको पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको अवसरमा नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपाल र श्रम मन्त्रालय अन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

प्रतिष्ठान र नाडाबीच लागत साझेदारीमा अटोमोवाइल क्षेत्रमा रोजगारमूलक छोटो अवधिको तालिम विकास, सञ्चालन र प्रशिक्षार्थीहरुलाई रोजगारीको सुनिश्चितता गर्ने विषयमा समझदारी भएको हो । सो समझदारी पत्रमा नाडाका तर्फबाट अध्यक्ष करण चौधरीले हस्ताक्षर गरेका छन् ।

यसले रोजगारी र श्रमिकहरुको क्षमता विकासका लागि सरकार र नेपालको नीजि क्षेत्र समन्वयात्मक रुपमा अघि बढ्ने अपेक्षा गरिएको छ । यसलाई नाडाले सरकारको हरेक कदममा नीजि क्षेत्रलाई समेत सहभागी गराई अघि बढने संकल्पको रुपमा लिएको नाडाका महासचिव सुरेन्द्र उप्रेतीले बताएका छन् ।

नाडा सो सम्मेलनको वित्तिय सहयोगी भई सो सम्मेलनको आयोजक मध्येको एक संस्था समेत भएको छ । नाडा आफ्नो इतिहासमा पहिलो पटक यस्तो सम्मेलनमा सहभागी भएको हो ।

सम्मेलनमा नाडाका अध्यक्ष चौधरीले नेपालमा रोजगरीको स्थिति, स्वदेशभित्र मात्रै नेपालबाट विदेशमा समेत भइरहेको बसाइँसराईले पारेका प्रभावहरु, नेपाली विद्यार्थीहरुले अन्य मुलुकहरुमा जानका लागि गरिरहेको प्रयास र त्यसबाट देशमा परेको प्रभाव, रोजगारीका चुनौतीहरु, नेपालको अटोमोवाइल क्षेत्रले राजश्व मार्फत देशको अर्थतन्त्रमा दिएको योगदान, अटोमोवाइल क्षेत्रले दिने रोजगारीमा देखिएका चुनौतीहरु, नीतिगत सिफारिस र तत्कालै गर्नुपर्ने पहलहरुका विषयमा प्रस्तुति समेत दिएका थिए ।

उक्त सम्मेलनमा नाडाका तर्फबाट उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, केन्द्रिय कार्य समिति आमन्त्रीत सदस्य नारायणप्रसाद पौडेल समेतको उपस्थिति रहेको थियो ।

उक्त सम्मेलन फागुन २७ गतेसम्म चल्नेछ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्ट्रपतिद्वारा संसदको दुवै सदनको अधिवेशन आह्वान

राष्‍ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान...

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय

एपोलो हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आगामी...

प्रभु इन्स्योरेन्सको लाभांश पारित

प्रभु इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको ३०औँ...

यति ब्रुअरी र नेपाल चिया विकास निगमले पनि बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने

यति ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेडले...
spot_img