सरकारले आगामी आर्थिक वर्ष ९४२ मेगावाट विद्युत राष्ट्रिय प्रशारण ग्रीडमा जोडिने जनाएको छ ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षमा ९४२ मेगावाट विद्युत राष्ट्रिय प्रशारण ग्रीडमा जोडिने र कुल विद्युत जडित क्षमता ४ हजार ८ सय मेगावाट पुग्ने बताएका हुन् ।









