सरकारले उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालयलाई अनुदान दिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै शैक्षिक नतिजामा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने घोषणा गरेका हुन् ।
उक्त कार्यक्रमअन्तर्गत देशभरीका एक सय विद्यालय (हरेक जिल्लामा एक विद्यालय अनिवार्य पर्ने गरी) का लागि प्रतिविद्यालय २५ लाखका दरले यस्तो अनुदान दिने घोषणा गरिएको छ ।









