सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थल बनाउन ४ अर्ब रुपैयाँ बजेट छुट्याएको छ । यस्तै, पोखरा र भैरहवा विमानस्थललाई सञ्चालनमा ल्याउने समेत घोषणा गरिएको छ ।
यस्तै, अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत आउँदो आर्थिक वर्षमा आन्तरिक विमानस्थको पूर्वाधार विकास गर्न ५० अर्ब रुपैयाँ बजेट विनियोजन गरेका छन् ।









