Friday, May 1, 2026
spot_img
spot_img

सिबिफिनले भन्यो ‘बैंकिङ क्षेत्रमा खस्किरहेको मनोबल र आत्मविश्वासलाई मौद्रिक नीतिले उकास्यो’

spot_img
spot_img

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र बैंकले आ.व. २०८२÷८३ को लागि जारी गरेको मौद्रिक नीतिको स्वागत गरेको छ। मुलुकको आर्थिक एवं वित्तीय क्षेत्रहरुको अवस्था, निजी क्षेत्रको मनस्थिति एवं अपेक्षा र विश्व परिवेशको वस्तुनिष्ठ अध्ययन, मूल्याङ्कन, विश्लेषण गर्दै मौद्रिक नीति आएको परिसंघले जनाएको छ।

लामो समयदेखि मुलुकको अर्थतन्त्र सुषुप्त अवस्थामा रही आर्थिक एवं बैंकिङ क्रियाकलापहरुले गति लिन नसकिरहेको विद्यामान अवस्थामा निकै चासोपूर्वक प्रतिक्षा गरिएको यस मौद्रिक नीतिमा नीतिगत अंकुशभन्दा अनुगमन र सुपरिवेक्षणलाई बढवा दिने गरी अवलम्बन गरिएका सन्तुलित, समयसापेक्ष र उदार, नीतिहरुले बैंकिङ क्षेत्रमा खस्किरहेको मनोबल र आत्मविश्वासलाई उकासेको परिसंघले उल्लेख गरेको छ । आर्थिक एवं बैंकिङ गतिविधिहरुलाई जीवन्त बनाइ दिगो, दर्बिलो र वास्तविक अर्थतन्त्रको निर्माणमा अग्रसर हुने स्पष्ट मार्गचित्र कोरेको परिसंघले जनाएको छ।

परिसंघले भनेको छ ‘बैंक तथा वित्तीय संस्थाहरुले पूँजीकोषमा दबाब झेलिरहनु परेको विद्यमान अवस्थामा कर्जा लगानी क्षमता बढाउने, कर्जा व्यवस्थापनलाई सहज बनाउने र पुँजीकोष सुदृढ बनाई वित्तीय स्थायित्व कायम गर्ने कार्यलाई प्राथमिकता राख्नु र बैंकदर तथा नीतिगत दर घटाइनुले कर्जा विस्तारमा सहजता ल्याई मौद्रिक नीतिले लिएको कर्जा विस्तारको लक्ष्य सहजरुपमा प्राप्त हुने सकारात्मक संकेत देखिएको छ ।’

निष्क्रिय÷खराब कर्जासहित गैरबैंकिङ सम्पत्ति बढ्दै गएको अवस्थामा सम्पत्ति व्यवस्थापन कम्पनीको स्थापनाका लागि तत्काल आवश्यक ऐन र नियमको मस्यौदा तर्जुमा गर्ने, बजार चलायमान बनाउनका लागि आवासीय घरकर्जा र शेयर धितो मार्जिनकर्जाको सीमा वृद्धि, चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शनलाई कर्जा भुक्तानी–आम्दानी चक्रको आधारमा आवश्यकतानुसार परिमार्जन गर्ने, विद्यमान कर्जाको वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था अध्ययन गरी आवश्यकतानुसार पुनरावलोकन गर्ने, कृषि तथा लघु, घरेलु, साना र मझौला व्यवसायमा कर्जा सहजीकरणमा पुनरावलोकन गर्ने, सम्पत्ति शुद्धीकरण निवारणका रणनीति तथा कार्ययोजनाको पूर्ण कार्यान्वयनका गरिनेसहितका अन्य महत्वपूर्ण सुधारमुखी व्यवस्थाहरु र “ऋणीसँग नेपाल राष्ट्र बैंक” जस्तो चेतनामूलक एवं सेवाग्राहीमैत्री कार्यक्रमको व्यावहारिक कार्यान्वयनले आर्थिक एवं बैंकिङ क्षेत्रको दिगो विकाससहित सुदृढ, दिगो र वास्तविक अर्थतन्त्रको निर्माणको जग बसाल्ने विश्वास सिबिफिनले व्यक्त गरेको छ।

लगानी प्रवद्र्धन तथा विस्तार, उत्पादनमूलक, रोजगारमूलक र निर्यातमूलक क्षेत्रको विकास, युवा जनशक्तिको परिचालन तथा उपयोग, उत्पाकत्व अभिवृद्धि, नवउद्यमशीलता एवं नवप्रवर्तनको विकास, रोजगारी सृजना, नेपाली वस्तु तथा सेवाको उपभोग तथा निर्यात प्रवद्र्धन, हरित लगानी जस्ता विषयमा केन्द्रित रहेर दिगो बैंकिङ विकाससहित वास्तविक अर्थतन्त्रको निर्माणमा अग्रसर हुनका लागि मुलुकको धरातलीय यथार्थको अध्ययन–अनुसन्धानसहित वर्तमान आवश्यकता, औचित्यता र अपेक्षाहरुमा केन्द्रित रही सिबिफिनले बुझाएका तर जारी मौद्रिक नीतिमा समेटिन नसकेका कतिपय महत्वपूर्ण सुझावहरु आगामी निर्देशन र समीक्षामार्फत क्रमशः सम्बोधन हुँदै जाने विश्वास परिसंघले व्यक्त गरेको छ ।

मौद्रिक नीतिले अंगिकार गरेका नीतिहरुको प्रभावकारी एवं नतिजामूलक कार्यान्वयनमा सिबिफिन सदैव निकट सहयोगी बनेर सहकार्य र सहयोग गर्ने प्रतिबद्धता समेत परिसंघले व्यक्त गरेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नबिल बैंकको केन्द्रीय कार्यालयमा ‘नर्सिङ रुम’को सुरुवात

नबिल बैंकले केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको...

रोयल ट्युलिप संचालन गरिरहेको केटिएम हस्पिटालिटीले माग्यो आईपीओ निष्काशन अनुमति

केटिएम ग्रुप अन्तर्गतको केटिएम हस्पिटालिटीले आईपीओ निष्काशनको अनुमति माग...

‘भिजनरी’ युवाको पहिचान बनाएका देशबन्धु बस्नेतद्वारा महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी

नेपाल उद्योग वाणिज्य महासंघभित्र ‘नतिजामुखी व्यक्ति’का रुपमा चिनिने पात्र...

डोलेश्वर भिलेज रिसोर्टले माग्यो आईपीओ निष्काशन अनुमति

डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेडले आईपीओ निष्काशनको...

एशियन कंक्रिटोले अंकित मूल्यमै आईपीओ निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति

एशियन कंक्रिटो लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल...

भगवती स्टील इण्डष्ट्रिजले प्रिमियममा आईपीओ निष्काशन गर्ने, बोर्डमा दियो आवेदन

भगवती स्टील इण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै...
spot_img