Monday, August 24, 2026
spot_img
spot_img

बीरगञ्जमा प्रोटोनको ११औँ सोरुमसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक

spot_img

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. ले मधेश प्रदेशको प्रमुख व्यापारिक सहर बीरगञ्जमा आफ्नो नयाँ आधिकारिक सोरुम शुभारम्भ गर्दै विशेष समारोहबीच ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक गरेको छ । यससँगै नेपालभर प्रोटोनका आधिकारिक आउटलेटको संख्या ११ पुगेको छ ।

नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय सवारीका रूपमा प्रस्तुत गरिएको इ.मास ५ ले सहरी जीवनशैली तथा दैनिक यात्रालाई थप सहज, स्मार्ट र आधुनिक बनाउने लक्ष्य बोकेको कम्पनीले जनाएको छ । प्रोटोनले आफ्नो बजार विस्तारलाई निरन्तरता दिँदै आगामी दिनमा पूर्वी नेपालको बिर्तामोडमा दशैंअघि नयाँ सोरुम सञ्चालनमा ल्याउने तयारी गरेको छ। बिर्तामोडको सोरुम सञ्चालनमा आएपछि नेपालभर प्रोटोनका आधिकारिक आउटलेटको संख्या १२ पुग्नेछ ।

हालै मलेसियामा आयोजित प्रतिष्ठित ‘Allianz DSF Vehicle of the Year Awards 2026’ मा ‘Electric Compact Vehicle of the Year 2026’ को उपाधि जित्न सफल प्रोटोन इ.मास ५ अत्याधुनिक प्रविधि, स्मार्ट फिचर र इन्टेलिजेन्ट डिजाइनको उत्कृष्ट संयोजनका रूपमा प्रस्तुत गरिएको छ ।

इ.मास ५ मा १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो लगायतका आधुनिक सुविधा उपलब्ध छन्। त्यसैगरी, ७० लिटरको फ्रन्ट फ्रङ्क, ३७५ लिटरसम्म विस्तार गर्न सकिने पछाडिको लगेज स्पेस तथा ३२ वटा स्टोरेज कम्पार्टमेन्टले दैनिक प्रयोगदेखि लामो दूरीको यात्रासम्म आवश्यक व्यावहारिकता र सुविधा प्रदान गर्ने कम्पनीको दाबी छ ।

सोरुम उद्घाटन तथा इ.मास ५ सार्वजनिककरण समारोहमा बीरगञ्ज महानगरपालिकाका कार्यवाहक मेयर इम्तियाज आलम लगायतको उपस्थिति रहेको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

चेम्बर र एनआरएनएबीच लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तारमा समझदारी

नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली संघ (एनआरएनए)...

जब एशियाका ४ देशमा एकसाथ ‘ब्ल्याकआउट’ भयो

अगस्ट १४, २०२६ को दिउँसो मध्य एसियाका चार देश—काजाकिस्तान,...

टोयोटा विजय उत्सव सुरु हुँदै, दशैंसम्म आकर्षक अफर

टोयोटा नेपालले नेपालीहरूको महान् पर्व दशैंलाई लक्षित गर्दै अगस्ट...

कठोर सरकारी नीतिले पन्चकन्यालाई सास्ती, भत्काउँदै आफैँले बनाएको करोडौंको संरचना

भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) भित्र दोस्रो उद्योगका रुपमा...

लेखामान बोर्डले बल्ल पायो पूर्णता, कार्भ आउटबारे छलफल गर्ने बाटो खुल्यो

नेपाल लेखामान बोर्डले पूर्णता पाएको छ। नेपाल सरकारले बोर्डमा...
spot_img