Tuesday, August 25, 2026
spot_img
spot_img

टोयोटा विजय उत्सव सुरु हुँदै, दशैंसम्म आकर्षक अफर

spot_img

टोयोटा नेपालले नेपालीहरूको महान् पर्व दशैंलाई लक्षित गर्दै अगस्ट २४ देखि ‘टोयोटा विजय उत्सव’ सुरु गर्ने भएको छ । दशैंसम्म लागू हुने यस विशेष विजय उत्सवमार्फत ग्राहकहरूले टोयोटाका विभिन्न मोडलमा ठूलो छुट तथा आकर्षक अफर प्राप्त गर्ने अवसर पाउनेछन् ।

नाइमा अटो शो २०२६ का क्रममा उपलब्ध विशेष अफरको लाभ लिन छुटेका ग्राहकहरूका लागि ‘टोयोटा विजय उत्सव’ अर्को ठूलो अवसरका रूपमा आएको टोयोटा नेपालले जनाएको छ । अटो शोमा सहभागी हुन नसकेका वा सो अवधिमा गाडी बुकिङ गर्न नपाएका ग्राहकहरूले अब दशैंको अवसरमा टोयोटाका गाडी खरिद गर्ने विशेष लाभ लिन सक्नेछन् ।

‘टोयोटा विजय उत्सव’ विशेषगरी दशैंको उत्साहसँग जोड्दै ग्राहकलाई आफ्नो नयाँ यात्रा सुरु गर्ने अवसर प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको हो। यस अवधिमा टोयोटाका विभिन्न मोडलमा विशेष तथा ठूलो छुट उपलब्ध हुने कम्पनीले जनाएको छ ।

‘नाइमा अटो शोमा छुटेको अवसर अब फेरि तपाईंको नजिक’ भन्ने भावनासहित सुरु हुने ‘टोयोटा विजय उत्सव’ दशैंसम्म सञ्चालन हुनेछ । टोयोटा नेपालले यस अवसरमा सहभागी भई विशेष अफरको लाभ उठाउन सम्पूर्ण ग्राहकलाई आग्रह गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारण सभा आह्वान

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २० औं वार्षिक...

सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठलाई चेम्बरको सम्मान

नेपाल चेम्बर अफ कमर्सले आफ्नो सल्लाहकार परिषद्का अध्यक्ष एवम्...

सञ्चय कोष, नागरिक लगानी कोष र सासु कोषलाई पनि राष्ट्र बैंकले नियमन गर्ने

अब नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक...

लगानी बोर्डको सीईओ याङ्की उक्यावद्वारा पदभार ग्रहण

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) याङ्की उक्यावले पदभार...

एलआरआर मोटर्सले नेपाल ल्यायो ‘स्काईवेल’,  नाडा अटो शोमा सार्वजनिक हुने

लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपाल...

२६ सयको बिन्दुबाट पनि तल झर्यो शेयरबजार

आज सोमबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको...
spot_img