Monday, August 24, 2026
spot_img
spot_img

अटो शोमा नेपालकै पुँजी र इन्जिनियरिङमा बनेको स्कुटरसहित दर्जन नयाँ दुई पाङ्ग्रे सार्वजनिक हुँदै

spot_img

भदौ ९ गतेदेखि सुरु हुने १८औँ संस्करणको नाडा अटो शोमा विभिन्न ब्राण्डले नयाँ मोटरसाइकल तथा स्कुटर सार्वजनिक गर्ने भएका छन् ।

यस वर्षको अटो शोमा नेपाली श्रम, सीप र पुँजीमा तयार भएको ब्राण्ड यात्रीले पहिलो ‘मेड इन नेपाल’ इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्दैछ । यात्री बाहेक पनि अटो शोमा सहभागि अन्य ब्राण्डले नयाँ उत्पादन बजारमा उतार्ने तयारी थालेका छन् ।

नाडा अटो शोमा ११ कम्पनीका १३ ब्राण्डले दुई पाङ्ग्रे साधन प्रदर्शनीमा राख्नेछन् । जहाँ ढेड दर्जन बढी नयाँ उत्पादन अबलोकन गर्न सकिनेछ ।

नेपालमै बनेको ‘यात्री पी टु’ सबैभन्दा ठूलो आकर्षण हुने देखिन्छ । सिप्रदी यात्री प्रालिले ‘यात्री पीटु स्कुटर’ नाडा अटो शोबाटै बिक्री थाल्नेछ । नेपालमै उत्पादन गरिएको उक्त स्कुटर ‘नाडा अटो शो’को ‘मेड इन नेपाल’ पभिलियनमा देख्न पाइनेछ ।

एमएडब्लू राइज प्राइभेट लिमिटेडअन्तर्गतको यामाहा नेपालले यामाहा एक्सएसआरसहित चार नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले अटो शो अबलोकनकर्ताको लागि आफ्नो स्टल निकै आकर्षक बनाइरहेको जनाएको छ । नयाँ उत्पादनको मूल्य लगायतका जानकारी अटो शोको पहिलो दिन नै उपलब्ध हुनेछ ।

सीजी मोटर्सले हिरो ब्रान्डका तीन नयाँ मोडल प्रदर्शनी राख्ने जनाएको छ । कम्पनीले १६० सीसीको जुम स्कुटर, १२५ सीसीको ग्ल्यामर एक्स मोटरसाइकल र २५० सीसीको एक्सट्रिम मोटरसाइकल नाडा अटो शोबाट बिक्री थाल्दैछ ।

सीजी मोटर्सकै विद्युतीय ब्रान्ड भिडाले भीएक्स जेड स्कुटर र केथ्री डट मिनी मोटरसाइकल पनि प्रदर्शनी गर्ने जनाएको छ ।

मिचे अटो नेपाल प्रालिले पाँचवटा नयाँ मोडल सार्वजनिक गर्ने जनाएको छ । कम्पनीले पाँचवटा विद्युतीय स्कुटरसहित अटो शोमा आफ्नो उपस्थिति बलियो बनाउने योजना तयार पारेको हो । मिचे अटोले नेपालमै विद्युतीय दुई पाङ्ग्रे साधन एसेम्बलिङ गर्दै आएको छ ।

रोयल इनफिल्डको आधिकारीक बिक्रेता अल्फा अटोमोटिभले अटो शोमा नयाँ मोडल सार्वजनिक गर्दैछ । कम्पनीले दुई दिन अगाडि बजारमा ल्याएको नयाँ क्लासिक मोडल अटो शोमा प्रदर्शनीको लागि राख्ने भएको हो ।

यस वर्षको नाडा अटो शोमा अन्य दुई पाङ्ग्रे ब्राण्डहरु क्यूजे मोटर्स, जोनसेन, भेस्पा, अप्रिलिया, रोयल इनफिल्ड, एम्पियर, रिभोल्ट र मेटा ईभी लगायतले सक्रिय सहभागिता जनाउँदैछन् ।

नयाँ उत्पादन र प्रविधिको प्रमुख मञ्च बन्दै नाडा अटो शो

१८औँ नाडा अटो शोमा ठूलो संख्यामा नयाँ मोडल सार्वजनिक हुनुले नेपाली दुईपांग्रे सवारी बजारमा नयाँ उत्पादन, विद्युतीय सवारी र स्थानीय एसेम्बलीतर्फको बढ्दो चासोलाई देखाउनेछ ।

एउटै स्थानमा विभिन्न ब्रान्डका नयाँ मोटरसाइकल तथा स्कुटर सार्वजनिक हुने भएकाले अबलोकनकर्ताले सहजै अनुकुलको उत्पादन हेर्न र किन्न पाउने छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

चेम्बर र एनआरएनएबीच लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तारमा समझदारी

नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली संघ (एनआरएनए)...

जब एशियाका ४ देशमा एकसाथ ‘ब्ल्याकआउट’ भयो

अगस्ट १४, २०२६ को दिउँसो मध्य एसियाका चार देश—काजाकिस्तान,...

बीरगञ्जमा प्रोटोनको ११औँ सोरुमसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि....

टोयोटा विजय उत्सव सुरु हुँदै, दशैंसम्म आकर्षक अफर

टोयोटा नेपालले नेपालीहरूको महान् पर्व दशैंलाई लक्षित गर्दै अगस्ट...

कठोर सरकारी नीतिले पन्चकन्यालाई सास्ती, भत्काउँदै आफैँले बनाएको करोडौंको संरचना

भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) भित्र दोस्रो उद्योगका रुपमा...

लेखामान बोर्डले बल्ल पायो पूर्णता, कार्भ आउटबारे छलफल गर्ने बाटो खुल्यो

नेपाल लेखामान बोर्डले पूर्णता पाएको छ। नेपाल सरकारले बोर्डमा...
spot_img