आईएमई ग्रुपको हायर पर्चेज कम्पनी भेन्चर हायर पर्चेंज लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले भदौ ३० गते सभा आह्वान गरेको हो।
सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्। कम्पनीले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
यो कम्पनी आइएमई ग्रुप अन्तर्गतको हो। कम्पनीका अध्यक्ष निशान ढकाल हुन् भने सीइओ बाबुराम शर्मा हुन् । कम्पनीले आईएमई मोटर्सद्वारा बिक्री गरिने गाडीमा हायर पर्चेजको सेवा प्रदान गर्दै आएको छ।
कम्पनीले आईपीओ निष्काशनको पनि तयारी गरिरहेको छ । कम्पनीले ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता शेयर निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ।











