Tuesday, August 18, 2026
spot_img

‘सबै क्षेत्रलाई राहत हुने गरि मौद्रिक नीति आयो, पुँजीबजार पनि चलायमान हुन्छ’

spot_img

शेयर लगानीकर्ताहरुले मौद्रिक नीतिको स्वागत गरेका छन्। सबै क्षेत्र चलायमान हुने गरि मौद्रिक नीति आएको र यसले पुँजीबजारलाई पनि चलायमान हुने उनीहरुले बताएका हुन् ।

अग्रज लगानीकर्ता छोटेलाल रौनियारले अपेक्षा अनुसार नै मौद्रिक नीति आएको बताए। माग गरिए बमोजिम सबै विषय समावेश नभए पनि पुंजीबजारको लागि राम्रो नीति आएको बताए। शेयर धितोकर्जाको १५ करोडको सीमा २५ करोड पुर्याउदा धेरै लगानी बढ्ने उनले बताए। यो सीमा खारेज गर्न माग गरिए पनि खारेज नभएता पनि २५ करोडसम्म पुर्याईनु पनि सकारात्मक भएको उनले उल्लेख गरे।

त्यस्तौ लघुवित्तको १५ प्रतिशतको लाभांशको क्याप पुनरावलोकन गर्ने विषय पनि धेरै सकारात्मक रहेको उनले उल्लेख गरे। साथै मौद्रिक नीतिले ब्याज घटाएको र अब अझै ब्याजदर घट्ने भएकोले धेरै कर्जा भएर अर्थतन्त्र चलायमान हुने अपेक्षा उनले व्यक्त गरे। घर कर्जामा पनि राष्ट्र बैंकले सहज व्यवस्था गरेको उनले बताए।  यी सबै व्यवस्थाले समग्र अर्थतन्त्र चलायमान हुने र पुंजीबजार पनि चलायमान हुने तथा लगानीकर्तालाई राम्रो लाभ पाउने अपेक्षा उनले व्यक्त गरेका छन् ।

सबै माग समेटिए पनि मौद्रिक नीति एकदमै राम्रो आएकोले राष्ट्र बैंक, गभर्नर, र राष्ट्र बैंकको अनुसन्धान विभाग धन्यवादको पात्र रहेको उनले बताए । अध्ययन गरेर लगानी गर्नेहरुलाई कमाउनको लागि राम्रो समय आएको पनि उनले उल्लेख गरे।

त्यस्तै नेपाल इन्भेष्टटर फोरमका अध्यक्ष तुलसीराम ढकालले सबै क्षेत्रलाइ राहत पुग्ने गरि मौद्रिक नीति आएको बताएका छन् ।  पुंजीबजार बढ्नको लागि सबै क्षेत्र चलायमान हुनु आवश्यक रहेकोले अहिलेको मौद्रिक नीतिबाट त्यो सम्भव हुने बताए। सबै क्षेत्रलाई राहत हुने भएकोले अब पुंजीबजार पनि चलायमान हुने उनको भनाई छ।

अध्यक्ष ढकालले सबै क्षेत्र समेटिएर मौद्रिक नीति आएको बताए। समग्र अर्थतन्त्र चलायमान हुँदा मात्र पुंजीबजार बढ्ने भएकोले अहिलेको मौद्रिक नीतिले सबै क्षेत्र चलायमान बनाउने अपेक्षा उनले गरेका छन्।  एसएमई ऋणलाई प्राथमिकतामा राखिएको, घर कर्जाको सीमा पनि बढाईरहेको, बैंकहरुको पुंजी वृद्धिलाई सहज बनाईएको, ऋणको पुनर्तालिकीकरण सुविधा प्रदान गरिएको, शेयर धितो कर्जाको सीमा २५ करोड पुर्याईएको लगायतका प्रावधानले कर्जा प्रवाह बढ्ने तथा बैंक तथा वित्तीय संस्थाको आथिक अवस्था सुधार हुने उनले बताए।

अहिलेको मौद्रिक नीतिले पुंजीबजारलाइ पनि राहत दिएको र अब पुजीबजारले लय समात्ने अपेक्षा उनले व्यक्त गरेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ?

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा...

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ कम्पनीले धितोपत्र बोर्डमा दिए आवेदन

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ वटा कम्पनीले...

नापजाँच सकिएको १० वर्षपछि धनुषाका ५७ परिवारले पाए लालपुर्जा

नापि कार्यालय धनुषाले नाप जाँच भएको करिब दश वर्षपछि...

आज कति छ सुनचाँदीको भाउ ?

आज मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार...

सिद्धार्थ क्यापिटलका २ म्युचुअल फण्डको लाभांश घोषणा

सिद्धार्थ क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश...
spot_img