Saturday, November 15, 2025
spot_img

लघुवित्तहरुमा कर्मचारी छनौट, सरुवा, र बढुवाको लागि नयाँ व्यवस्था

spot_img

नेपाल राष्ट्र बैंकले लघुवित्तहरुमा कर्मचारी छनौट, सरुवा, बढुवा, पदस्थापन तथा मुल्यांकनका सम्बन्धमा नयाँ व्यवस्था गरेको छ । आज आइतबार राष्ट्र बैंकले लघुवित्तको लागि नयाँ निर्देशन जारी गर्दै यी व्यवस्था गरेको हो ।

जस अनुसार अब  लघुवित्तले शाखा व्यवस्थापक वा सोभन्दा माथि को कर्मचारी भर्ना गर्दा उक्त कर्मचारीको विगतको पृष्ठभूमि विश्लेषण गरेर मात्र नियुक्त गर्नुपर्ने तथा निश्चित तालिम एवं कार्यानुभवका आधारमा मात्र पदोन्नति र जिम्मेवारी दिनुपर्ने छ । साथै Know your employee  को प्रयोग सम्बन्धी व्यवस्था गर्नुपर्ने छ।

कर्मचारीको छनौट, सरुवा, बढुवा तथा पदस्थापन गर्दा तालिम लगायत सम्बन्धित सर्टिफिकेशन कोर्स (Certification Courses) लिएको भए त्यस्तो विशेष योग्यतालाई समेत आधारको रुपमा लिनु पर्ने छ ।  संस्थाले व्यवस्थापकीय तहका कर्मचारीहरूलाई स्पष्ट कार्यविवरण उपलब्ध गराउनुपर्ने र त्यसको मूल्याङ्कन समय समयमा गर्नुपर्ने छ ।

लघुवित्त वित्तीय संस्थाले वार्षिक रुपमा संस्थागत सुशासन प्रतिवेदन (Corporate Governance Report) तयार गरी सार्वजनिक जानकारीको लागि आफ्नो वेबसाइटमा राख्नुपर्ने छ।

राष्ट्र बैंकले लघुवित्तहरुलाई सरल भाषा प्रयोग गर्न पनि निर्देशन दिएको छ । निर्देशन अनुसार लघुवित्त वित्तीय संस्थाले ग्राहकलाई उपलब्ध गराउने सेवा सम्बन्धी जानकारी वा सूचनामा प्रयोग गर्ने भाषा सरल र स्पष्ट हुनुपर्नेछ । लघुवित्त वित्तीय संस्थाले ग्राहकसँगको कारोबारमा प्रयोग हुने कागजातहरु ग्राहकले सजिलै पढ्न वा बुझ्न सक्ने बनाउनुपर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ । आन्तरिक तथा अन्तर्राष्ट्रिय कारोबारमा प्रयोग हुने कागजातहरु अंग्रेजी भाषामा समेत तयार गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

मल्टीपर्पस फाइनान्स पनि आरटीजीएस प्रणालीमा आवद्द

मल्टीपर्पस फाइनान्स लिमिटेड पनि नेपाल राष्ट्र बैंकको Real Time...

७९ प्रतिशतले बढ्यो विकाश हाइड्रोपावरको खुदनाफा

विकाश हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

फ्रान्स पनि आगामी फिफा विश्वकपको लागि छनौट, ४८ मध्ये २९ देशको टुंगो लाग्यो

फ्रान्स राष्ट्रिय फुटबल टोलीले युरोपेली छनोट समूह 'डी' को...

नेपाली उपभोक्ताका लागि भरपर्दो र विश्वसनीय बन्दै हुन्डाईको क्रेटा इभी

नेपालमा इलेक्ट्रिक सवारी साधनप्रति उपभोक्ताको रुची बढ्दो छ ।...

४९.९५ मेगावाटको दाना खोला आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य भारतको फ्लोभेलले गर्ने

लालुपाते हाईड्रोपावर कम्पनीले निर्माण गर्ने ४९.९५ मेगावाट क्षमताको दाना...

कुलमानले खारेज गरेको पुनरावलोकन समिति ब्यूँत्याउन उद्योगीहरुको माग

ऊर्जामन्त्री कुलमान घिसिङले खारेज गरेको प्रशासकीय पुनरावलोन समिति ब्यूँत्याउन...
spot_img
spot_img
spot_img