Wednesday, June 18, 2025
spot_img

राष्ट्र बैंकद्वारा लघुवित्तको लागि २८ बुँदे निर्देशन जारी, एउटा ऋणीलाई २ लघुवित्तले ऋण दिन पाउने

spot_img
spot_img

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको लागि २८ बुँदे एकिकृत निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज साउन १३ गते आइतबार एकिकृत निर्देशन जारी गरेको हो।

नयाँ निर्देशन अनुसार अब ऋणीलाई अधिकतम २ वटा लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्न सक्नेछन्।  यस अघि एक ऋणीलाई एक लघुवित्तले मात्र कर्जा प्रवाह गर्न सक्ने व्यवस्था थियो ।

त्यस्तै निर्देशनले नियतपूर्वक ऋण नतिर्ने ऋणीहरु र परिस्थितिवशः ऋण नतिर्ने ऋणीहरुको परिभाषा समेत दिएको छ । त्यस्तै लघुवित्त वित्तीय संस्थाले प्रत्येक आर्थिक वर्षका लागि मौद्रिक नीतिमा उल्लिखित व्यवस्थालाई समेत मध्यनजर गरी निक्षेप दायित्व तथा कर्जा सापट सहितको वार्षिक कार्ययोजना संचालक समितिबाट स्वीकृत गराई हरेक आर्थिक वर्षको साउन मसान्तभित्र राष्ट्र बैंकको लघुवित्त वित्तीय संस्था सुपरिवेक्षण विभागसमक्ष अनिवार्य रुपमा पेश गर्नुपर्नेछ । साथै, उक्त
कार्ययोजना कार्यान्वयनगको अनुगमनका सम्बन्धमा सम्बन्धित लघुवित्त वित्तीय संस्थाको संचालक समितिले त्रैमासिक समीक्षा गरी त्रयमास समाप्त भएको ३५ दिन भित्र राष्ट्र बैंकको लघुवित्त वित्तीय संस्था सुपरिवेक्षण विभागमा पेश गर्नुपर्नेछ । राष्ट्र बैंकबाट लघुवित्त वित्तीय संस्थाको सुपरिवेक्षणका क्रममा सो कार्ययोजनालाई सम्बन्धित लघुवित्त वित्तीय संस्थाको अनुगमनको आधारको रुपमा लिइने निर्देशनमा उल्लेख छ।

यहाँ क्लिक गरेर निर्देशनको पूर्ण पाठ हेर्न सकिनेछ ।

 

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

भारत आउने भयो एलन मस्कको स्टारलिंक इन्टरनेट, केन्द्र सरकारले दियो अनुमति

भारत सरकारले एलन मस्कको नेतृत्वमा रहेको स्पेसएक्सको स्टारलिंकलाई भारतमा...

एलएस अटोका दुइ मोडल नाइमा एक्स्पोमा आउने

एलएस अटोको नेपालका लागि आधिकारिक बिक्रेता नेक्सन भेन्चर प्रा.लि.ले...

सुनचाँदीको भाउ बढ्यो

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला...

बजारमा अधिक तरलता, आज ९० अर्ब खिच्दै राष्ट्र बैंक

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज असार...

कालीमाटीमा आज कुन तरकारी र फलफूलको मूल्य कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि...

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने , साधारणसभा आह्वान

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...
spot_img