गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सले २४ औं वार्षिकोत्सव मनाएको छ । २०५९ जेठ ३० गतेदेखी वित्तीय कारोबार संचालन गरेको गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्स २४ वर्ष पूरा गरी २५ औं वर्षमा प्रवेश गरेको छ ।
संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विगत ८ वर्ष देखि वार्षिक रुपमा बुंगमती, ललितपुर स्थित अपाङ्ग सेवा संघलाई खाद्यान्न सामाग्री उपलब्ध गराउँंदै आएकोमा संस्थाको २४ औं वार्षिकोत्सवको उपलक्ष्यमा उक्त सहयोग आगामी वर्षको लागि पनि निरन्तरता दिने गरी सो संस्थासंग सम्झौता सम्पन्न गरेको छ ।
साथै वार्षिकोत्सवको अवसरमा नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवा, प्रदर्शनी मार्ग, भृकुटीमण्डप काठमाडौंको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रम र Guheshwori Dental Multispeciality and Implants Hub को प्राविधिक सहयोगमा निःशुल्क दन्त स्वास्थ्य शिविर समेत सम्पन्न गरेको छ ।
संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत यस संस्थाले विगत वर्ष देखि नै वित्तीय साक्षरता तथा सामाजिक कार्यमा सहभागिता जनाउँदै आईरहेकोेमा आगामी दिनहरुमा पनि यसै गरी निरन्तरता दिने प्रतिवद्दता जनाएको छ। संस्थाले मुलुकभर २३ वटा शाखा कार्यालयहरु, ४ वटा विस्तारित काउण्टरहरुबाट सेवा प्रदान गर्दै आएको छ।












