गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा जलज कुमार अधिकारी नियुक्त भएका छन् । कम्पनीको फागुन ९ गते बसेको संचालक समितिको बैठकले रिक्त रहेको सीइओ पदमा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनीका अनुसार उनको कार्यकाल फागुन ११ गतेदेखि सुरु हुनेछ। अधिकारी यस अघि महालक्ष्मी विकास बैंकमा एसिस्टेन्ट सीइओ थिए।









