Tuesday, August 4, 2026
spot_img

आइ.सि.एफ.सि फाइनान्सका ग्राहकले इच्छा अनुसारको फोटो राखेर Debit Card लिन सक्ने

spot_img

आइ.सि.एफ.सि. फाइनान्सले ग्राहकलाई व्यक्तिगत, आधुनिक र फरक बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्य सहित SCT Union Pay को नयाँ “Expression Debit Card” सार्वजनिक गरेको छ । यस कार्डमार्फत ग्राहकहरूले अब आफ्नो मनपर्ने र यादगार फोटो छनोट पश्चात् पेश गरी सोही फोटो डेबिट कार्डमा प्रिन्ट गर्न सक्ने सुविधा प्राप्त गर्नेछन् ।

ग्राहकको व्यक्तित्व, रुचि र आत्म अभिव्यक्तिलाई झल्काउने गरी डिजाइन गरिएको Expression Debit Card ले सुरक्षित, सहज तथा आकर्षक डिजिटल भुक्तानी अनुभव प्रदान गर्ने आइ.सि.एफ.सि. फाइनान्स ले जनाएको छ । यस कार्डको प्रयोगमार्फत ग्राहकहरूले एटीएम सेवा, किनमेल तथा विभिन्न डिजिटल भुक्तानी कार्यहरू सजिलै गर्न सक्नेछन् ।

डिजिटल बैंकिङ सेवामा नवीनता ल्याउने र ग्राहक केन्द्रित समाधानहरू विस्तार गर्ने आइ.सि.एफ.सि. फाइनान्स को निरन्तर प्रयास अन्तर्गत यो सेवा सुरु गरिएको हो । प्रविधिमैत्री वित्तीय सेवा प्रदान गर्दै ग्राहक सन्तुष्टि अभिवृद्धि गर्नु संस्थाको प्रमुख लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

Expression Debit Card, आइ.सि.एफ.सि. फाइनान्सका ग्राहकहरूका लागि ग्राहककै अनुरोध बमोजिम उपलब्ध हुनेछ । कार्ड प्राप्त गर्ने प्रक्रिया तथा थप जानकारीका लागि नजिकको शाखा कार्यालय वा संस्था को आधिकारिक वेबसाइट सामाजिक संजाल मार्फत लिन सकिनेछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आयोगसँग इप्पानका १२ माग, निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन आग्रह

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले निजी क्षेत्रलाई...

आयल निगमको कार्यकारी निर्देशकको लागि ३ जनाको नाम सिफारिस

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ३...

टेकुमा बायोग्याँस प्लान्ट सञ्चालनमा ल्याउन सम्झौता

काठमाडौँको टेकुमा रहेको बायोग्याँस प्लान्ट सञ्चालनमा ल्याउन काठमाडौँ महानगरपालिका...

फिल्म बनाउन सरकारले अनुदान दिने, तीन करोड ५० लाख बजेट छुट्याईयो

साँस्कृतिक तथा राष्ट्रिय महत्वका विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

‘आगो’ बन्दैछ आन्दोलनको औजार: विरोधका नाममा किन मौलाउँदैछ ‘जलाइहाल्ने’ प्रवृत्ति ?

जुनसुकै लोकतान्त्रिक देशमा आन्दोलन, विरोध प्रदर्शन वा र्‍याली स्वाभाविक...
spot_img