सांग्रिला डेभलपमेन्ट बैंकमा ०.५ प्रतिशतभन्दा धेरै शेयर हुने शेयरधनीको संख्या २२ पुगेको छ छ। कम्पनीको आर्थिक वर्ष २०८१/८२ को विवरण अनुसार कम्पनीमा संस्थागत र व्यक्तिगत गरि २२ शेयरधनीसंग बैंकको ०.५० प्रतिशतभन्दा धेरै शेयर रहेको देखिएको हो। अघिल्लो आर्थिक वर्षमा ०.५० प्रतिशतभन्दा धेरै शेयर हुने शेयरधनीको संख्या १९ मात्र थियो।
बैंकमा विश्वास गौचनको १.९३ प्रतिशत शेयर स्वामित्व रहेको छ भने अन्जिता श्रेष्ठको १.५८ प्रतिशत शेयर स्वामित्व रहेको छ। यी दुवैले बैंकमा आफ्नो सामान्य स्वामित्व सामान्य घटाएका छन्। अघिल्लो आर्थिक वर्षमा बैंकमा यी दुईको शेयर स्वामित्व क्रमश १.९६ प्रतिशत र १.६० प्रतिशत थियो।
त्यस्तै बैंकमा उज्वल सत्यालको १.५२ प्रतिशत, केशव बोहराको १.३८ प्रतिशत, डा. रविन्द्र प्रसाद श्रेष्ठको १.१२ प्रतिशत, शोभा मिश्रको १.११ प्रतिशत तथा कल्पना प्रसाईको १.०२ प्रतिशत शेयर स्वामित्व रहेको छ। बैंकमा अन्य शेयरधनीको भने १ प्रतिशत भन्दा कम स्वामित्व रहेको छ।
बैंकको ठूलो शेयरधनीको रुपमा मनोकामना समूह भित्रिएको छ। मनोकामना समूहका २ कम्पनीले गरि बैंकको १.०२ प्रतिशत शेयर स्वामित्व लिएका छन्। जसमा मनोकामना क्यापिटल इन्भेष्टमेन्ट प्रालि र मनोकामना मोडर्न इन्जिनियरिङ प्रालिले समान ०.५१ प्रतिशत शेयर स्वामित्व लिएका छन्।
हेर्नुस् बैंकमा कसको स्वामित्व कति ?













