spot_img

 जाल्टानको सिफारिसमा जापान जाने विद्यार्थीले सहजै शैक्षिक कर्जा पाउने

spot_img

ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा शिक्षक संघ नेपाल (जाल्टान) बिच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख सम्बन्ध व्यवस्थापन सुशिल थापा तथा जाल्टानका अध्यक्ष राजेन्द्र केसीले हस्ताक्षर गरेका छन् ।

बैंकका अनुसार उच्च शिक्षाका लागि जापान जान चाहने विद्यार्थीहरुलाई सहज शैक्षिक कर्जा प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय समझदारी भएको हो । समझदारीअनुसार बैंकले जाल्टानबाट सिफारिस भएका विद्यार्थीहरुलाई जापानका विभिन्न विश्वविद्यालयहरुमा उच्च शिक्षाका निमित्त आवश्यक पर्ने शैक्षिक कर्जा प्रवाह गर्नेछ । यसैगरी, जापान गए पश्चात् विद्यार्थीहरुले जापानबाट आइएमईबाटै सजिलैसँग नेपालमा पैसा पठाउन सक्नेछन् ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राजपत्रमा छापियो पुँजीगत लाभकर घटाउने सरकारको निर्णय

पुँजीगत लाभकर घटाउने सरकारको निर्णय नेपाल राजपत्रमा छापिएको छ...

शेयर कारोबार स्थगन भएको विषयमा छानबिन गर्न धितोपत्र बोर्डले खटायो निरीक्षण टोली

नेपाल धितोपत्र बोर्डले आज सोमबार शेयर कारोबार स्थगन भएको...

बिजुलीमा लाग्दै आएको भ्याट हटाउन लागिएको हो ?

संसदबाट बजेट पारित हुँदा सरकारलाई दिने गरिएको कर संशोधन...

सुनको भाउ घट्यो

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला...

बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड, ८६ हजार ३ सय २० जनाले पाए शेयर

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड...