नबिल बैंकका नव नियुक्त अध्यक्ष निर्वाण चौधरीले राष्ट्र बैंकका गर्भनरबाट लिए सपथ

spot_img
spot_img

नबिल बैंक लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरीले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकमा आज आयोजित एक कार्यक्रममा बैंकका नवनियुक्त अध्यक्ष चौधरीले शपथ लिएका हुन् ।

बैंक सञ्चालक समितिको २०८२ पुस २८ गते सम्पन्न ६९९औँ बैठकले चौधरीलाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेको थियो । व्यावसायिक घराना चौधरी ग्रुपका प्रबन्ध सञ्चालक रहेका उनी चौधरी समूहका विभिन्न कम्पनीमा सञ्चालकका रुपमा जिम्मेवारी वहन गर्दै आएका छन् । समाज सेवामा पनि रुचि राख्ने उनी चौधरी फाउण्डेशनको उपाध्यक्ष तथा नेपाल उद्योग परिसंघ (सीएनआई) को वरिष्ठ उपाध्यक्ष पनि हुन् ।

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकबाट डेपुटी गभर्नरद्वय डा. नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्र, कार्यकारी निर्देशकहरु रामु पौडेल, गुरुप्रसाद पौडेल, दयाराम शर्मा तथा दीर्घबहादुर रावल, निर्देशक निरा ताल्चाभडेल र सञ्चालक समितिका सचिव तथा निर्देशक शरणकुमार अधिकारी तथा नबिल बैंकबाट बैंकका सञ्चालकहरू मलय मुखर्जी, अनन्त पौड्याल, प्रविन टिवडेवाला, सरिता भट्ट अधिकारी, अनिल केशरी शाह, प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली, नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे र कम्पनी सचिव भिष्म नेउपाने लगायतको उपस्थिति थियो ।

नबिल बैंकले देशभर २६८ शाखा सञ्जालसहित ३२१ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आफ्ना सबै सरोकारवालासँग मिलेर सँगै अघि बढ्ने विश्वास राखेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित

तन्त्रविद् सन्दीप सापकोटाद्वारा अनुवाद तथा सम्पादन गरिएको प्राचीन तान्त्रिक...

ठमेल पर्यटन परिषदद्वारा प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार सहयोग

ठमेल पर्यटन विकास परिषद्ले प्रधानमन्त्री राहत कोषमा १६ लाख...

लक्ष्मी पूजाको दिन कति छ सुनचाँदीको भाउ ?

आज आइतबार लक्ष्मी पूजाको दिन सुनको भाउ स्थिर छ...

आज कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज कुकुर तिहार...

आज साँझ लक्ष्मी पूजा गरिँदै

यसवर्ष तिहारको दोस्रो दिन आज साँझ लक्ष्मी पूजा परेको...