कृषि विकास बैंकमा ०.५ प्रतिशतभन्दा धेरै शेयर हुने शेयरधनीको संख्या ४ रहेको छ। कम्पनीको आर्थिक वर्ष २०८१/८२ को विवरण अनुसार कम्पनीमा संस्थागत र व्यक्तिगत गरि ४ शेयरधनीसंग मात्र ०.५ प्रतिशतभन्दा धेरै शेयर रहेको देखिएको हो।
कम्पनीमा नेपाल सरकारको सबैभन्दा धेरै ५१ प्रतिशत शेयर रहेको छ । त्यसपछि कृष्ण गोपाल श्रेष्ठको १.३६ प्रतिशत शेयर स्वामित्व रहेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकमा उनको शेयर स्वामित्व १.३९ प्रतिशत थियो। अर्थात् बैंकमा उनको स्वामित्व केही घटेको छ। त्यस्तै बैंकमा लक्ष्मी श्रेष्ठको ०.९९ प्रतिशत स्वामित्व रहेको छ।
बैंकको ठूलो शेयरधनीको रुपमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स भित्रिएको छ। रिलायबलले बैंकको ०.५५ प्रतिशत शेयर स्वामित्व लिएको छ।













